
काठमाडौं ।
इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।
यस सम्झौतासँगै अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखाकार्यालयबाट भुक्तानी गर्न सकिनेछ। यसैगरी यस बैंकका खाता सञ्चालन भएका सम्पुर्ण ग्राहकहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिने बताईएको छ।
शाइन रेसुङ्गा स्मार्ट अर्थात यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर इसेवा मनी ट्रान्सफर मार्फत नेपालभरी रहेका इसेवाका नेटवर्क मार्फत जुनसुकै ठाउमा रेमिट्यान्स् पठाउन र जुनसुकै ठाउँवाट पठाएको रकम प्राप्त गर्न सकिनेछ।
सम्झौतामा इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइराला र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरे ।
यस सम्झौता बमोजिम विदेशमा रहेका नेपालीहरुले सिधै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खातामा पैसा पठाउन सकिनेछ र नेपालमा रहेका बैंकका ग्राहकहरुले सेवा उपभोग गर्न शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल एप डाउनलोड गरी त्यहाँ रहेको रेमिट्यान्स् आइकनमा जानु पर्ने हुन्छ।
इसेवा मनि ट्रान्सफरले परम्परागत तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०७८, आईतवार