काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा व्यवसाय कर इसेवामार्फत भुक्तानी गर्न सकिने

  • Technology Khabar | १४ कार्तिक २०७८, आईतवार
काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा व्यवसाय कर इसेवामार्फत भुक्तानी गर्न सकिने
फाइल

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर इसेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। इसेवा एकाउन्ट भएका करदाताले मोबाइलबाटै भुक्तानी दिन सक्नेछन् ।

इसेवा एकाउन्ट नभएकाले भने इसेवा भएका क्षेत्र तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सकिने इसेवा फोन प्रालिले बताएको छ।

यसअघि विराटनगर महानगरपालिका, बुटवल धरान, हेटौँडा इटहरी उपमहानगरपालिका तथा बनेपा, बाँसगढी, बर्दघाट, बेलौरी, धुलिखेल, गोकर्णेश्वर, कावासोती धनगढीमाई, कीर्तिपुर, मध्यविन्दु, नमोबुद्ध, पुनर्वास, सुन्दरहरैचा, तिलोतमा र विष्णुपुर नगरपालिका तथा जोरपाटी केराबारी, थुलुङ गाउँपालिकाले पनि इसेवा मार्फत कर तथा राजस्व असुली गर्दै आएका थिए।

स्थानीय निकायले दुई तरिकाबाट इसेवामार्फत भुक्तानी गर्न सक्नेछन् ।सुरूमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ। त्यसपछि इसेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार