शाओमीले एमआई ११ अल्ट्रा स्मार्टफोन अब भारतीय बजारमा बिक्री नगर्ने

  • Technology Khabar | १४ कार्तिक २०७८, आईतवार
शाओमीले एमआई ११ अल्ट्रा स्मार्टफोन अब भारतीय बजारमा बिक्री नगर्ने

काठमाडौं ।

शाओमीले आफ्नो एमआई ११ अल्ट्रा स्मार्टफोन अब भारतमा बिक्री नगर्ने निर्णय गरेको छ। यो फोन ग्लोबल रिलिज पछि यसै वर्ष जुलाईमा लन्च गरिएको थियो। तर लन्च गर्दा बजारमा सीमित स्टक मात्रै ल्याएको थियो ।

भारतीय बजारमा यो स्मार्टफोनको सम्पूर्ण स्टक निकै छिटो बिक्री भएको बताइएको छ। अहिले स्मार्टफोनको स्टक सकिएपछि यो शाओमी इन्डियाको वेबसाइटबाट सो फोन गायब भएको छ।

हालै इण्डिया टूडे टेकले शाओमीले अब एमआई ११ अल्ट्रालाई भारतमा पुन: लन्च गर्न वा बेच्न नचाहेको जानकारी दिएकोछ। यो स्मार्टफोनको सम्पूर्ण स्टक बिक्री भइसकेको बताइएको छ, त्यसैले कम्पनीले बजारमा थप एकाइहरू लन्च गर्ने योजना बनाएको छैन।

शाओमीले आफ्नो फोकस प्रिमियम श्रेणीमा सारेको बताएको छ। केही समय पछि, यो स्मार्टफोनको उत्तराधिकारी अर्थात सक्सेसर फोन केही समय पछि भारतीय बजारमा लन्च गर्न सक्छ।

शाओमीको नयाँ स्मार्टफोन २०२२ मा लन्च गर्न सक्ने बताईएको छ।

प्रकाशित: १४ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार