आईफोनको चार्जर नपाएको भन्दै चिनियाँ विद्यार्थीहरुद्धारा मुद्दा, नयाँ चार्जर र कानूनी शुल्क माग

  • Technology Khabar | १२ कार्तिक २०७८, शुक्रबार
आईफोनको चार्जर नपाएको भन्दै चिनियाँ विद्यार्थीहरुद्धारा मुद्दा, नयाँ चार्जर र कानूनी शुल्क माग

काठमाडौं ।

आईफोन १२ प्रो म्याक्सको बक्समा चार्जर उपलब्ध नगराएकोमा केही विद्यार्थीहरूले एप्पलमाथि मुद्दा हालेका छन्। यो घटना चीनको एक विश्वविद्यालयसँग सम्बन्धित छ।

चीनका एक विद्यार्थीले यूएबसी टाइप-सीदेखि लाइटनिङ केबलले अन्य चार्जरहरूलाई सपोर्ट नगरेको रिपोर्ट गरे। जसका कारण उनले आफ्नो आईफोन चार्ज गर्न सकिरहेका छैनन् ।

तर, एप्पलले यो दाबीलाई विश्वास गरेको छैन्।

एप्पलले आफ्नो म्यागसेफ वायरलेस चार्जरलाई प्रवर्द्धन गर्न यस्तो गरिरहेको विद्यार्थीहरुको आरोप छ । तर तिनीहरूले तारयुक्त चार्जर भन्दा बढी शक्ति बर्बाद गर्छन् भन्दै उनीहरुले चार्जर उपलब्ध गराउन कम्पनीसँग माग गरेका छन् ।

यसका साथै कानूनी शुल्क र सम्झौताको उल्लङ्घनका लागि १०० युआन अर्थात् १६ डलर तिराउन माग गरिएको छ।

यस विषयमा, एप्पलले बेइजिङ भर्चुअल अदालतलाई फोन ब्रान्डहरूले पावर एडप्टरहरू छुट्टाछुट्टै बेच्ने कुरा सामान्य भएको र चीनको सरकारले यसलाई स्वीकृत गरेको बताएको छ।

यसमा धेरै चिनियाँ कम्पनीले बक्समा एडप्टरको छनोट दिने विद्यार्थीले बताएका छन्। उनीहरुले उदाहरण दिँदै शाओमी एमआई ११ फोन पावर ब्रिकसँग वा बिना नै किन्न सक्ने बताए।

यो विषय अझै चलिरहेको प्रतिवेदनमा उल्लेख छ। यसले विद्यार्थीहरूलाई क्षतिपूर्ति दिने वा एप्पलको नो-चार्जर नीति परिवर्तन गर्ने कुनै ग्यारेन्टी छैन।

एप्पलले आफ्नो आईफोन १२ सिरिजबाट बक्समा चार्जर दिन बन्द गरेको छ।

यसअघि ब्राजिलमा समेत आईफोनसँग चार्जर नदिएको भन्दै सरकारले जरिवाना तिराएको थियो । एजेन्सीहरु

प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार