फाइभजी पूर्वाधार विस्तारका लागि ह्वावेद्वारा कुवेती कम्पनी जैनसँग सम्झौता

  • Technology Khabar | ३ कार्तिक २०७८, बुधबार
फाइभजी पूर्वाधार विस्तारका लागि ह्वावेद्वारा कुवेती कम्पनी जैनसँग सम्झौता

काठमाडौं ।

चिनियाँ टेक्नोलोजी कम्पनी ह्वावेले कुवेतको डिजिटल सेवा प्रदायक कम्पनी जैनसँग फाइभजी पूर्वाधार विस्तार सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ।

फाइभजी पूर्वाधार इन्टरनेट सेवाको क्षेत्रमा अहिलेसम्म सर्वाधिक उन्नत प्रविधिको रूपमा मानिएको छ । यो नेटवर्कले उपयोगकर्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउँछ। सोही उद्देश्य पूरा गर्न जैनले यो सम्झौता गरेको हो ।

कुवेत बजारमा यो क्रान्तिकारी प्रविधिको व्यापारिक सञ्चालन गर्ने कम्पनी जैन हुन पुगेको हो।

जैनले खाडी क्षेत्र सूचना प्रविधि प्रदर्शनी सप्ताह २०२१ ९जिटेक्स टेक्नोलोजी विक २०२१०मा सहभागिता जनाइरहेको बेला जैन कुवेतका प्रमुख कार्यकारी इमान अल रुधान र मध्यपूर्व ह्वावे व्यवसायका अध्यक्ष अन जिआनको उपस्थितिमा यो सम्झौतामा हस्ताक्षर भएको हो ।

दुबइको विश्व व्यापार केन्द्रद्वारा युएईमा आयोजित जिटेक्समा विश्वका ठूला टेक्नोलोजी कम्पनीहरू सहभागिता थियो ।

यो साझेदारीका बारेमा जैन कुवेतका प्रमुख कार्यकारी इमान अल रुधानले टिप्पणी गर्दै भने, “टेक्नोलोजी क्षेत्रमा हामीले आज हाम्रा रणनीतिक साझेदारहरूको विस्तार गरेका छौं। हामीले हाम्रा उपभोक्तालाई सर्वाधिक उन्नत सेवा उपलब्ध गराउन गरेको वाचा पूरा गर्न यो साझेदारी गरेका छौं।”

यो सम्झौताले फाइभजीलगायतको टेक्नोलोजी, फिक्स्ट वायरलेस पहुँच र स्टान्ड एलोन नेटवर्क जस्ता प्रविधिको सुविधा जैनले उपलब्ध गराउन सक्ने उनले बताए।

यो सम्झौताले देशमा उपलब्ध गराउँदै आएको डिजिटल सेवालाई धेरै राम्रो अवस्थामा रूपान्तरण गर्न सहयोग पुर्‍याउँछ।

यो सम्झौताबाट निजी तथा सार्वजनिक क्षेत्रका टेक्नोलोजीलाई ग्रिन फाइभ जीबाट रुपान्तरण गरिने छ। यसबाट ऊर्जाको बचत गरिने र सक्षमता अभिवृद्धि हुनेछ। यसबाट दीगो वृद्धि प्राप्त हुने बताईएको छ।

जैनले कुवेतमा डिजिटल सेवा सफलतापूर्वका दिँदै आएको छ।ह्वावेले दुबईमा स्थापना गरेको ग्लोबल मोबाइल ब्रोडब्यान्ड फोरमको १२ एडिसनको हिस्सेदारको रूपमा जैनले फाइभजीको विस्तार गर्ने भएको छ ।

जैनको रणनीति कुवेतमा डिजिटल रूपान्तरणका लागि र अगुवाइ गर्न यो सम्झौता गर्नु रहेको छ । कुवेतको टेलिकम र आइटी क्षेत्रमा यसले विभिन्न तहमा रणनीतिक साझेदारी गर्ने जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ३ कार्तिक २०७८, बुधबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ३ कार्तिक २०७८, बुधबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ३ कार्तिक २०७८, बुधबार