६.३ इन्च डिस्प्ले र ५ हजार एमएएच ब्याट्रीयुक्त इन्जोय २०ई स्मार्टफोन ल्याउँदै ह्वावे

  • Technology Khabar | २ कार्तिक २०७८, मंगलवार
६.३ इन्च डिस्प्ले र ५ हजार एमएएच ब्याट्रीयुक्त इन्जोय २०ई स्मार्टफोन ल्याउँदै ह्वावे

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले ६.३ इन्च डिस्प्ले तथा ५००० एमएएच क्षमताको ब्याट्रीयुक्त इन्जोय २०ई सार्वजनिक गर्ने भएको छ।

इन्ट्री लेभल स्मार्टफोन इन्जोय १०ई को अपग्रेडेड भर्सनका रुपमा आउन लागेको यो डिभाइसको पोस्टर अनुसार यसमा अंग्रेजी अक्षर यू आकारको नचयुक्त ६.३ इन्चको एचडी एलसीडी डिस्प्ले रहने बुझिएको छ।

यसबाहेक यो डिभाइसमा १२८ जीबी आन्तरिक स्टोरेज तथा फिगरप्रिन्ट स्क्यानर पछाडिपट्टि दिइएको छ। फोटोका लागि पछाडि एलईडी फ्ल्याशसहितको डुअल क्यामरा सेटअप रहने बुझिएको छ।

ह्वावे इन्जोय २०ई मा मिडियाटेकको चिपसेट रहने आकलन गरिएको छ। यो डिभाइस चीनमा सिंगल्स डे का रुपमा बिदासहित मनाइने नोभेम्बर ११ का दिन सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसबाहेक यसको मूल्य र अन्य विवरणहरु सार्वजनिक गरिएका छैनन्।

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २ कार्तिक २०७८, मंगलवार