रियलमी जीटी नियो२टी आगामी अक्टोबर १९ मा सार्वजनिक हुने

  • Technology Khabar | २५ आश्विन २०७८, सोमबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो जीटी नियो२टी स्मार्टफोन आगामी नोभेम्बरमा सार्वजनिक गर्ने भएको छ।

कम्पनीले यसको अघिल्लो भर्सन रियलमी जीटी नियो२ गत सेप्टेम्बरमा बजारमा ल्याएको थियो। यसको फलो अपका रुपमा त्यसको ४ हप्तामै यो नयाँ भर्सन आउन लागेको हो।

कम्पनीले आगामी नोभेम्बर १९ लाई जीटी नियो२टी सार्वजनिक गर्ने मितिका रुपमा तोकेको छ। यो डिभाइस स्ट्रीटवयर तथा स्पोर्ट्स इक्विपमेन्ट कम्पनी लि-निङ सँगको सहकार्यमा डिजाइन गरिएको हो।

यो नयाँ डिभाइसमा ६ एनएम प्रोसेसमा बनेको डाइमेन्सिटी १२०० चिपसेटका साथमा तुलनात्मक रुपमा अझ शक्तिशाली सीपीयू रहने बुझिएको छ। यस अघिको नियो२ मा स्न्यापड्रागन ८७० चिपसेट रहेको थियो।

हालै एक लिकस्टरले यो डिभाइसको पछाडिको डिजाइन मदरबोर्डको झल्को दिने प्याटर्नको रहेको बताएका छन्। रियलमीका सीईओले भने लि निङ सँगक सहकार्यले डिभाइसहरुको डिजाइनमा नयाँपन ल्याउने जानकारी दिएका छन्।

लि निङ सन् १९८४ को गृष्मकालीन ओलम्पिकमा तीन ओटा स्वर्ण जितेका पूर्व जिम्न्यास्ट हुन्।

हाल उनी एउटा खेलकुद सामग्री बनाउने कम्पनी हाँकिरहेका छन् भने उक्त कम्पनीले शकिल ओ निल, ड्वेन वेड तथा जिमी बट्लरजस्ता बास्केटबल स्टारहरुलाई प्रबर्द्धन गरिरहेको छ।

प्रकाशित: २५ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया