नेपाली चलचित्रको बजार बिस्तार गर्न डिजिटल प्लेटफर्ममा जानुपर्ने सरोकारबालाको सुझाब

  • Technology Khabar | २२ आश्विन २०७८, शुक्रबार
नेपाली चलचित्रको बजार बिस्तार गर्न डिजिटल प्लेटफर्ममा जानुपर्ने सरोकारबालाको सुझाब

काठमाडौं ।

नेपाली चलचित्रको बजार हल र डिजिटल प्लेटफर्म दुबै भएको चलचित्रकर्मीहरुले बताएका छन् । “कोरोनाबाट थलिएका नेपाली चलचित्रको बजार हल कि डिजिटल” भन्ने विषयमा असोज २२ गते शुक्रबार अनलाइन मार्फत भएको बहसमा चलचित्रकर्मी तथा प्रदर्शकहरुले उक्त कुरा बताएका हुन् ।

अब बजार भनेकै डिजिटल प्रणाली भएकोले भन्दै अफ्नो नयाँ चलचित्र ‘एक‘ विभिन्न डिजिटल प्लेटफर्ममार्फत रिलिज गरेका निर्देशक मनोज पण्डितले यस प्रविधिको प्रयोगमा भने अन्यौल रहेको बताए । चलचित्र प्रदर्शन गर्न सहज भएपनि डिजिटल प्रविधि सम्बन्धिक जागरुकता कम रहेको र यसलाई क्रमशः प्रविधिमैत्री बनाउनुपर्ने निर्देशक पण्डितले बताए ।

हलको बिषयमा आजसम्म बहस नभएको र यस बिषयमा बहस गराएर नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले राम्रो शुरुवात गरेको बताउँदै उनले हलमा लक्जरी सिट, पर्दा भएपनि अब हल मनोवैज्ञानिकरुपमा पुरानो भएको बताउँदै तसर्थ अबको चलचित्र प्रदर्शन स्वतन्त्र हुनुपर्ने र त्यो स्वतन्त्रता डिजिटल प्रविधिमा मात्र सम्भव भएको तर्क पेश गरे।

तसर्थ अब वैकल्पिक प्लेटर्फमको अवधारण डिजिटल प्रविधिमा नै जोड दिइनुपर्ने पण्डितको भनाई छ । उनले निर्माता र फिल्मको स्तर अनुसार हल कि डिजिटल चयन हुनुपर्ने बताए ।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिजिटल प्रविधि विकासको एकदमै प्ररम्भिक चरणमा रहेकोले अहिले पनि हल चलचित्रको पहिलो बजार हो भने डिजिटल दोश्रो बजार भएको बताए । उनले ठुलो लगानी हुने भएको हुँदा आफुले योजनाबद्ध तरिकाबाट कार्य गर्दैै आएको र डिजिटल प्रविधिबाट नेपाली चलचित्रको बजार विस्तार हुने कुरामा विश्वास व्यक्त गरे ।

आचार्यले डिसहोम पारदर्शी भएको र सरकारलाई अहिलेसम्म आठ अर्व रुपैयाँ कर तिरेको जानकारी दिँदै अब कन्टेन्टलाई पनि दिर्घकालीनरुपमा सोचेर चलचित्र निमार्ण गर्नुपर्ने बताए । विश्वव्यापीरुमा रहेका नेपाली दर्शकहरुले डिजिटल प्रविधिबाट नेपाली चलचित्र हेर्न थालेको अवस्थामा यसको बजार धेरै बिस्तार हुनेमा उनि विश्वस्त देखिए ।

कार्यक्रममा हल संचालक तथा निर्माता नरेन्द्र मर्हजनले हल र डिजिटल प्लेटफर्म दुवैलाई संगसंगै लैजानुपर्ने बताए । बजार जति बिस्तार भयो त्यतिनै निर्माता सुरक्षित हुने भन्दै चलचित्रसँगै हल र डिजिटल प्लेटफर्मलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

यही असोज २६ गतेबाट आफ्नो चलचित्र ‘डाँडाको वरपिपल‘ हलमा रिलिज गर्न लागेका निर्देशक सोभित बस्नेतले हल संचालनमा आएकोले दर्शक नआए पनि चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफुले फिल्म प्रदर्शन गर्न तयार भएको बताए ।

उनले पहिले हलपछि मात्र आफू डिजिटल प्रविधिमा जाने भन्दै उनले पनि डिजिटलले नेपाली चलचित्रको बजारलाई विस्तार गरेको बताए । पहिलो प्राथमिकतामा हल र दोस्रो डिजिटल प्लेटर्फमको पक्षमा आफू रहेको बताउँदै हलबाट पैसा उठ्ने तर डिजिटल प्लेटर्फमबाट मात्र लगानी उठाउन कठिन हुने उनको भनाई थियो।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्धारा आयोजना गरिएको बहस कार्यक्रमा नेपाली चलचित्रलाई अब डिजिटल प्रबिधिबाट अगाडी बढाइनुपर्नेमा जोड दिइएको थियो।

प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार