डिजिटल हस्ताक्षर गर्दै नवनियुक्त सञ्चार मन्त्री कार्कीद्धारा पदबहाली

  • Technology Khabar | २२ आश्विन २०७८, शुक्रबार
डिजिटल हस्ताक्षर गर्दै नवनियुक्त सञ्चार मन्त्री कार्कीद्धारा पदबहाली

काठमाडौं ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा पदबहाली गरेका छन्।

उनले पदबहालीका क्रममा डिजिटल हस्ताक्षर गर्दै कामको शुभारम्भ गरेका थिए ।मन्त्रालयले यसअघि परिक्षण गरेर तयार पारेको डिजिटल हस्ताक्षरको औपचारिक शुरुवात समेत भएको छ । मन्त्रालयलाई अटोमेसनमा लगेसँगै डिजिटल हस्ताक्षर प्रयोगमा आएको हो ।

यस अघि उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीमा रहेका थिए।

यसका साथै  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आजैदेखि लागू हुने गरी सरकारको प्रवक्ताको समेत जिम्मेवारी मन्त्री कार्कीलाई नै दिएको छ।

यसअघि पनि उनी नै वर्तमान सरकारको प्रवक्ता थिए।

यसअघि शेरबहादुर देउवा र केपी शर्मा ओलीको नेतृत्वमा उनले अर्थ मन्त्रीको जिम्मेवारी सफलतापूर्वक निभाईसकेका छन् । त्यसअघि उनी उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयको मन्त्री नियुक्त भएका थिए।

मन्त्री कार्की वर्तमान संसदमा निर्वाचन क्षेत्र नम्बर ४ सुनसरी जिल्लाबाट सांसदमा निर्वाचित भएका हुन् ।

मन्त्री कार्कीले २०३९ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन ‘नेपाल विद्यार्थी संघ’ को अध्यक्ष समेत भएका थिए ।

यो पनि हेर्नुस्-

पूर्णरुपमा अफिस अटोमेसन सिस्टम लागू गर्नका लागि नयाँ मन्त्री कुर्दै सञ्चार मन्त्रालय

प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार