
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक लूप नेटवर्कले बडा दशैंलाई लक्षित गरेर दशैंको दक्षिणा अफर नामक योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत कम्पनीको १ वर्षे, ६ महिने, ३ महिने तथा १ महिने ग्राहक बनाएबापत् ग्राहक बनाउनेलाई दक्षिणास्वरुप रकम प्रदान गरिनेछ।
लूप नेटवर्कको इन्टरनेट सेवा लिने १ वर्षे ग्राहक बनाउनेलाई रु २०००, ६ महिने ग्राहक बनाउनेलाई १५०० रुपैयाँ, ३ ग्राहक बनाउनेलाई रु १००० तथा १ ग्राहक बनाउनेलाई रु ५०० प्रदान गरिने कम्पनीले जनाएको छ।
यसबाहेक लूप नेटवर्कको कनेक्शन लिनका लागि रेफर गर्ने व्यक्तिलाई पनि निश्चित रकम प्रदान गरिने बताइएको छ।
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार