शिओमी एमआई ५ को भारतमा खुला बिक्री, केहि सेकेण्ड भित्रै ‘आउट अफ स्टक’

Technology Khabar १५ बैशाख २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, १५ वैशाख । शिओमीले भर्खर मात्र अन्तराष्ट्रिय बजारमा सार्वजनिक गरेको एमआई ५ (Mi 5) तथा रेडमी नोट ३ (Redmi Note 3) भारतीय बजारमा खुला बिक्री गरेको केहि सेकेण्डमा नै ‘आउट अफ स्टक’ भएको छ ।

यसअघि यो स्मार्टफोन खरिदका लागि पूर्व दर्ता गरेर प्रि-अर्डर गरेपछि मात्र खरिद गर्न पाइने व्यवस्था रहेकोमा यस पटक कुनै प्रि-अर्डर आवश्यक गरिएको थिएन् । तर यसका लागि खरिदकर्तासँग एमआई एकाउन्ट हुनु आवश्यक थियो ।

शिओमीले भारतीय बजारमा खुला बिक्री गरेको केहि छिनमा नै शिओमी एम ५ तथा रेडमी नोट ३ स्मार्टफोनका बिक्रीका लागि राखिएका सबै यूनिट सकिएका थिए ।

कम्पनीले यी स्मार्टफोनहरु बुधवार अप्रिल २७ तारिख २ बजेदेखि भारतमा बिक्री शुरु गरेकोमा केहि समय भित्र नै सबै यूनिट बिक्री भईसकेका थिए ।

भारतमा एमआई ५ को मूल्य भारु २४,९९९ राखिएको छ भने रेडमी नोट ३ को दुई भेरिएन्ट, २ जीबी र्यामका साथमा १६ जीबी स्टोरेजको मूल्य भारु ९,९९९ तथा ३ जीबी र्यामका साथमा ३२ जीबी स्टोरेजको मूल्य भारु ११,९९९ तोकिएको छ ।

एमआई ५ स्मार्टफोनमा ५.१ इन्चको फूल एचडी स्क्रिन रहेकोछ, जसको पिक्चर रिजोल्यूशन १०८०x१९२० पिक्सेल छ । यसमा स्न्यापड्रयागन ८२० चीपसेट प्रयोग गरिएको छ । एमआई ५ मा १६ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ, जसमा अप्टिकल इमेज स्टेबलाइजेशन राखिएको छ । यसको फ्रन्ट क्यामरा ४ अल्ट्रा मेगापिक्सेलको रहेको छ । यसको रियर क्यामराले ४ के भिडियो पनि खिच्न सकिन्छ ।

यो स्मार्टफोनमा ३,००० एमएएचको ब्याट्री प्याक राखिएको छ ।Xiaomi Redmi Note 3

शिओमीको रेडमी नोट ३ मा ५.५ इन्चको फूल एचडी स्क्रीन राखिएकोछ, जसको रिजोल्यूशन १०८०x१९२० पिक्सेल छ । यो फोनमा स्न्यापड्रयागन ६५० चीपसेट राखिएको छ भने दुबै भेरिएन्टमा १६ जीबीको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

यो फोनमा ४,००० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

यी दुबै फोनहरुका साथमा २०,००० एमएएचको एमआई पावर ब्यांकको बिक्री पनि बिन दर्ता खरिद गर्न सकिने थियो । एमआई पावर ब्यांकको मूल्य भारु १,६९९ तोकिएको छ ।

यी दुबै फोनहरु कम्पनीले बिक्रीको लागि राखेको केहि सेकेण्डमा नै आउट अफ स्टक भएको थियो । कम्पनीले दुबै फोनको खुला बिक्री आगामी ४ मई २ बजे (भारतीय समय) का लागि तोकेको छ ।
शिओमीले सबैभन्दा नयाँ फ्ल्यागशिप एमआई ५ यहि मार्चमा सार्वजनिक गरेको थियो ।

माध्यम  स्रोत

प्रकाशित: १५ बैशाख २०७३, बुधबार

तपाइको प्रतिक्रिया