
काठमाडौं ।
पछिल्लो दिनमा क्लाउडमा डाटा स्टोर गर्ने र क्लाउडमा आधारित सेवाहरु दिने कार्य निरन्तर बढिरहेका छन् । यस्तो कार्यका लागि विश्वभर अमेजन क्लाउड, ह्वावे क्लाउड, क्लाउडफ्लेयर, माइक्रोसफ्टको क्लाउड सेवाहरुसहित विभिन्न कम्पनीहरुले क्लाउड सेवा प्रदान गर्दछन् ।
त्यस्तो क्लाउड सेवा दिने कम्पनीहरुले आफ्ना सेवा तथा उपकरणहरुको सुरक्षा गरिरहेका हुन्छन् तर त्यसमा सेवा लिने सेवाग्राहीले समेत आफ्नो तर्फबाट सुरक्षाका उपायहरु अपनाउनुपर्दछ ।
क्लाउडमा राखिने डाटा र यो सँग सम्बन्धित सुरक्षाका उपायहरुको बारेमा नेपाल दूरसञ्चार प्राधिकरणले केहि समयअघि सचेतना संदेश जारी गरेको छ । जसमार्फत तपाईँले पनि आफ्नो क्लाउड डाटाको सुरक्षा गर्न सक्नुहुनेछ ।
Cloud-Data-Securityप्रकाशित: १८ आश्विन २०७८, सोमबार