एप्पलद्वारा ओएलईडी आईप्याड एयरको योजना रद्द, मिनि एलईडीयुक्त ११ इन्च आईप्याड प्रो २०२२ मा आउने

  • Technology Khabar | १७ आश्विन २०७८, आईतवार
एप्पलद्वारा ओएलईडी आईप्याड एयरको योजना रद्द, मिनि एलईडीयुक्त ११ इन्च आईप्याड प्रो २०२२ मा आउने

काठमाडौं ।

केही समयअघि एप्पलले ओएलईडी डिस्प्लेयुक्त आईप्याड एयर ल्याउने रिपोर्टहरु बाहिर आए पनि अन्तत: यो सार्वजनिक नहुने भएको छ।

भरपर्दा एप्पल विश्लेषक मिङ चि कुओलाई प्राप्त एउटा इन्भेस्टर नोटमा एप्पलले सन् २०२२ सम्म एलसीडी प्रविधिलाई नै अघि बढाउने निर्णय गरेको ९टू५म्याकले उल्लेख गरेको छ।

कुओको रिपोर्ट अनुसार एप्पलले गत मार्चमा आईप्याड एयरमा ओएलईडी डिस्प्ले राख्ने योजना बनाएकामा आगलागीबाट सुरक्षा तथा बढी मूल्यका कारण हाइ इन्डको प्रो भेरियन्टमा मिनी एलईडी प्रविधि नै राखिने बुझिएको छ।

हालको रिपोर्टमा कुओले प्रदर्शन र मूल्य एप्पलको आवश्यकता अनुसारको नभएकोले सन् २०२२ मा ओएलईडी आईप्याड एयर सार्वजनिक गर्ने योजना रद्द गरेको उल्लेख छ। यस हिसाबले अर्को वर्ष पनि टीएफटी एलसीडी प्रविधि नै निरन्तर हुने बुझिएको छ।

एप्पलले पहिलोपटक मिनी एलईडी प्रविधि १२.९ इन्चको आईप्याड प्रो मा यसै वर्ष रिलिज गरेको थियो र छिट्टै १४ तथा १६ इन्चको म्याकबुक प्रो मा पनि आउने बुझिएको छ। एप्पलले मिनी एलईडीयुक्त ११ इन्चको आईप्याड प्रो भने सन् २०२२ मै सार्वजनिक गर्ने कुओको भनाइ छ।

प्रकाशित: १७ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...