
काठमाडौं ।
स्मार्टफोन ब्राण्ड शाओमी युरोपेली देश लिथुआनियामा अहिले आगोको भुंग्रोमा रहेको छ जहाँ देशको उप रक्षा मन्त्रीले कम्पनीले आफ्ना स्मार्टफोनहरुमा सेन्सरशिप लगाएको भन्दै आलोचना गरेका थिए।
चिनियाँ टेक जायन्टले सो आरोप अस्वीकार गरेको छ र अब लिथुआनियाई सरकारले दाबीको अनुसन्धान गर्न जाँदै गरेको समयमा कम्पनीले तेस्रो पक्षिय फर्मलाई भाडामा लिएको छ। कुन कम्पनीलाई हायर गरिएको हो भन्ने स्पष्ट भएको छैन तर यो यूरोपमा आधारित रहेको पुष्टि भएको छ।
लिथुआनियाको रक्षा मन्त्रालयका अनुसार, शाओमीले अंग्रेजीमा “फ्रि तिब्बत”, “लङ लाइभ ताइवान फ्रिडम” र “डेमोक्रेसी मुभमेन्ट” जस्ता केहि सर्च टर्महरुलाई रोक्दैछ। मन्त्रालयले जतिसक्दो चाँडो सबै चिनियाँ फोन “फ्याँक्न” आग्रह गरेको छ।
शाओमीले भने कि यी फिल्टरहरु युरोपेली संघको क्षेत्रमा बन्द गरीएको बताएको छ।
लिथुआनिया सरकारले दावी गर्दछ कि सेन्सरशिप फिल्टर कुनैपनि समयमा टाढाबाट पुनः इनेबल गर्न सकिन्छ। चिनियाँ फर्मको तर्क छ कि यी फिल्टरहरु एक उद्योग मानक हो र सामान्यतया अश्लील सामग्री र स्थानीय प्रयोगकर्ताहरुलाई अपमानजनक सामग्रीबाट बचाउनको लागी प्रयोग गरिन्छ।
“जबकि हामी केहि निष्कर्षहरुको विशेषताको विवादमा छौं, हामी एक स्वतन्त्र तेस्रो पक्षिय विशेषज्ञलाई रिपोर्टमा उठाईएको बिन्दुहरुको आकलन गर्न संलग्न छौं।” शाओमीका प्रवक्ताले भने ।
शाओमी २०२१ को दोस्रो त्रैमासिकमा पहिलो पटक युरोपको शीर्ष स्मार्टफोन बिक्रेताको रूपमा उभिएको छ। र त्यहाँ १२.७ मिलियन युनिटको रेकर्ड शिपमेन्ट रहेको अनुसन्धान फर्म रणनीति एनालिटिक्सले जनाएको छ।
प्रकाशित: १४ आश्विन २०७८, बिहीबार