
काठमाडौं ।
डिजिटल पेमेन्ट कम्पनी फोनपेको सेवा आज ८ घण्टासम्म अबरुद्ध हुने भएको छ। कम्पनीले आज असोज १३ गते बेलुका १० बजेदेखि भोली असोज १४ गते बिहान ६ बजेसम्म सेवा अबरुद्ध हुने जनाएको हो।
कम्पनीले दिएको जानकारीअनुसार सिस्टम अपग्रेड हुने भएकोले फोनपेको हब/क्यूआर सेवा अबरुद्ध हुने छ।
यससंगै सम्पूर्ण क्युआर पेमेन्ट सेवा, तथा एयरलाइन्स, बिजुली, ब्रोकर, बिजुली, विद्यालय, स्कुल, कलेज, इन्टरनेट, खानेपानी, बीमा, तथा सरकारलाई गरिने भुक्तानीहरु अबरुद्ध हुने छन्।
फोनपेको सेवा अबरुद्ध भएसँगै नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको हब/क्यूआर सेवा पनि अवरुद्ध हुने भएको हो । हालै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक सञ्जालमार्फत सोही कारण आफ्नो सेवा समेत अबरुद्ध हुने जानकारी दिएका छन्।
‘फोन पे’ एफवान सफ्टको सहायक कम्पनी हो।
प्रकाशित: १३ आश्विन २०७८, बुधबार