इन्विटद्धारा इटालीमा पहिलो काठद्वारा निर्मित मोबाइल टावर स्थापना

  • Technology Khabar | १२ आश्विन २०७८, मंगलवार
इन्विटद्धारा इटालीमा पहिलो काठद्वारा निर्मित मोबाइल टावर स्थापना

काठमाडौं ।

टेलिकम इटालिया (टीआईएम) र भोडाफोनद्वारा संयुक्त रूपमा नियन्त्रणमा रहेको इटालियन मोबाइल टावर समूह इन्विटले इटालीमा पहिलो काठद्वारा निर्मित मोबाइल टावर स्थापना गरेको छ।

कम्पनीले आफ्नो पूर्वाधारको वातावरणीय प्रभावलाई कम गर्ने योजनाको भागको रूपमा देशको पहिलो काठको मोबाइल दूरसञ्चार टावर स्थापना गरेको जनाएको छ।

विशेष गरी, सो संरचनालाई टुक्रा टुक्रा काठहरुलाई टाँसेर बनाईएको छ। यसमा ग्लूड लेमिनेटेड टिम्बरको प्रयोग गरिएको छ।

यो काठबाट निर्मित टावर इस्पातको एक विकल्पको रुपमा रहेको छ भने कुल ४० मिटर अग्लो टावरमा अपरेटर एन्टेना र रेडियो लिंक राख्नका लागि चार कुनाकार बनाईएको छ। यसमा प्रयोग गरिएका सबै सामग्रीहरु इन्विटको २०२१-२०२२ स्थायित्व योजनाको उद्देश्यसंग मिल्ने किसिमले पुरा तरिकाले दिगो र स्थाई छन्।

यो काठको टावर इटालीको मिलान शहरको ए५१ टान्जेन्जियल इस्ट रिङ्ग रोडको छेउमा रहेको छ।

काठको संरचित मस्तूलले यसअघिको इस्पात निर्मित टावरलाई प्रतिस्थापन गर्नेछ, जो भत्काइनेछ र पुन प्राप्ती गरिनेछ। एजेन्सीका साथ

प्रकाशित: १२ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...