मोबाइल वालेट मार्फत् गरिएको कारोबार सङ्ख्या १ करोड ३१ लाखभन्दा बढी

  • Technology Khabar | ११ आश्विन २०७८, सोमबार
मोबाइल वालेट मार्फत् गरिएको कारोबार सङ्ख्या १ करोड ३१ लाखभन्दा बढी

काठमाडौं ।

श्रावण महिनामा मोबाइल वालेट मार्फत् १ करोड ३१ लाखभन्दा बढी सङ्ख्यामा कारोबर भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मासिक प्रतिवेदन अनुसार मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड २५ लाख १५ हजार ९०४ रहेकामा श्रावण मसान्तमा आइपुग्दा १ करोड ३१ लाख ५५ हजार ५०१ पुगेको छ।

यो संख्या एक महिना अघि अर्थात् असारको तुलनामा ६ लाख ३९ हजार ५९७ ले बढी हो।

सर्वसाधारणमा डिजिटल कारोबारप्रतिको लगाव बढ्दै जान थाले पनि वैशाखको आधाआधीमा कोरोना महामारीका कारण निषेधाज्ञा शुरु भएकाले पनि यो सेवा प्रभावित बनेको थियो।

वालेटमार्फत् असार मसान्तसम्म १२ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएकामा श्रावण मसान्तसम्मको एक महिनाको अवधिमा भने १ अर्ब २६ करोड २० लाख रुपैयाँ वृद्धि भएर १४ अर्ब ५ करोड २० लाख रुपैयाँ पुगेको हो।

प्रकाशित: ११ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार