केन्ट आर.ओ.को दशैं र तिहार २०७८ अफर सार्वजनिक

  • Technology Khabar | १० आश्विन २०७८, आईतवार
केन्ट आर.ओ.को दशैं र तिहार २०७८ अफर सार्वजनिक

काठमाडौं ।

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल. प्रा. लि.ले यसपालीको दशैं र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १००% शुद्ध पानीसँग मनाउनुहोस्” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सीजी ब्रान्डको ‘चपर’ उपहार स्वरूप प्रदान गरिने कम्पनीले जानकारी दिएकोछ।

यो ग्राहक योजना अश्विन ८, २०७८ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको छ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार