एप्पलले अब आईफोनको मिनी मोडल नल्याउने, आईफोन १३ मिनी नै अन्तिम डिभाइस

  • Technology Khabar | ६ आश्विन २०७८, बुधबार
एप्पलले अब आईफोनको मिनी मोडल नल्याउने, आईफोन १३ मिनी नै अन्तिम डिभाइस

काठमाडौं ।

एप्पलको आईफोन १२ को साथमा एप्पलको आईफोन लाइनअपमा एउटा मिनी भेरियन्ट थपिएको छ। यो डिभाइस यस पटक आईफोन १३ सिरिजका साथमा पनि लन्च भएको छ।

यो कम्प्याक्ट फर्म फ्याक्टर डिभाइस पनि कम्पनी को नयाँ आईफोन लाइनअपमा समावेश छ। अहिले सम्म, आईफोन १२ मिनी र आईफोन १३ मिनी उपकरणहरु मिनी मोडेलमा आएका छन्, तर हामी सायद यसपछिका वर्षहरुमा अब कुनै पनि आईफोन मिनी मोडेल देख्न पाउने छैनौं।

आईफोन १३ को प्रक्षेपण भन्दा पहिले नै, टिप्स्टर जोन प्रोसरले आईफोन १४ को डिजाइन लीक गरेका थिए। जसमा टिपस्टरले आईफोन १३ मिनी पछि, त्यहाँ कुनै मिनी भेरियन्ट आईफोन नआउने दाबी गरेका छन् ।

आगामी वर्ष आउने आईफोन १४ लाइनअपमा अब तीनवटा डिभाइस मात्र हुनेछन् । जसमा आईफोन १४, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स।

यसको मतलब यदि तपाइँ मिनी भेरियन्ट किन्न चाहानुहुन्छ भने तपाईँसँग अहिलेको आईफोन १२ मिनी र आईफोन १३ मिनी मात्र विकल्प हुनेछ। एजेन्सीका साथ

प्रकाशित: ६ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै

  • Technology Khabar
  • ६ आश्विन २०७८, बुधबार