स्पोटीफाइले प्रयोगकर्ताको आधारमा एप्पल पोडकास्टलाई पछाडी पार्ने अनुमान

  • Technology Khabar | ६ आश्विन २०७८, बुधबार
स्पोटीफाइले प्रयोगकर्ताको आधारमा एप्पल पोडकास्टलाई पछाडी पार्ने अनुमान

काठमाडौं ।

जब देखि स्पोटीफाइले यसको आफ्नै पोडकास्ट प्लेटफर्म पेश गर्यो, त्यसबेलादेखि स्विडिश स्ट्रिमिङ्ग सेवाले केहि देशहरुमा एप्पल पोडकास्टहरुलाई पछाडी पारीरहेको छ।

ईमार्किटेरद्वारा गरिएको एक विश्लेषण अनुसार, स्पोटीफाइ वास्तवमा प्रयोगकर्ताहरुको संख्याको आधारमा एप्पल पोडकास्टलाई विश्वव्यापीरुपमा पछाडि पार्नका लागि नजिक रहेको ९टू५म्याकले उल्लेख गरेको छ।

२०१९ मा हेर्दा अर्को अनुसन्धान अध्ययनबाट थाहा भयो कि स्पोटीफाइसँग पहिले नै दक्षिण अमेरिका र यूरोपमा एप्पल भन्दा धेरै पोडकास्ट श्रोताहरु थिए। समय बित्दै जाँदा, एप्पल पोडकास्टको सट्टा स्पोटीफाइको पोडकास्ट प्लेटफर्म प्रयोग गर्ने मानिसहरुको संख्या विश्वव्यापी रुपमा उल्लेखनीय बृद्धि भयो।

ईमार्किटेरको एक नयाँ डाटा विश्लेषणबाट स्पोटीफाइका प्रयोगकर्ताहरु २०२१ को अन्त्यसम्म २ करोड ८२ लाख पुग्ने अपेक्षा गरीएको छ। तुलना गर्दा एप्पल पोडकास्टमा २ करोड ८० लाख प्रयोगकर्ताहरु वर्षको अन्त्यमा हुनुपर्छ। यो निश्चितरुपमा निकै सानो फरक हो, तर अझै पनि स्पोटीफाइलाई पहिलो स्थानमा राख्नको लागी पर्याप्त छ।

प्रकाशित: ६ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...