एचएमडी ग्लोबलले नोकिया टी२० एन्ड्रोइड ट्याब्लेट सार्वजनिक गर्ने

  • Technology Khabar | ६ आश्विन २०७८, बुधबार

काठमाडौं ।

एचएमडी ग्लोबलले अब स्मार्ट र फिचर फोन बाट अलि फरक ट्याब्लेट सार्वजनिक गर्ने बुझिएको छ।

कम्पनीले हालै एउटा टिजर सार्वजनिक गर्दै आगामी अक्टोबर ६ का दिन विशेष उत्पादन सार्वजनिक गर्नका लागि मिति तय भएको बताएको छ।

टिजरमा नोकियाले नोकिया ३३१० तथा अन्य मिड रेन्ज फोनहरुको फोटो राखेको छ भने त्यसै लहरमा एउटा ठूलो बक्समात्र पनि देखिन्छ।

यो हेर्दा ट्याब्लेट जस्तो देखिन्छ जसलाई एचएमडीले सार्वजनिक गर्ने भनिएको टी२० ट्याब्लेट भएको आकलन गरिएको छ।

नोकिया टी२० एचएचडी ग्लोबलको पहिलो ट्याब्लेट हुने तथा यो १०.३६ इन्चको साइजमा उपलब्ध हुने बताइएको छ। यो ट्याब्लेट सबैभन्दा पहिले बेलायत तथा यूएईमा उपलब्ध हुने पनि कम्पनीको भनाइ छ।

टीए-१३९२ तथा टीए-१३९७ मोडल नम्बरसहित यसको झलक हालै रुसमा पनि देखिएको छ। यसमा ४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज रहने बुझिएको छ।

वाइफाइ र सिमकार्ड स्लटसहितको फोरजी गरी दुई भेरियन्टमा उपलब्ध हुने अपेक्षा गरिएको यो डिभाइसको मूल्य क्रमश:२५७ र २८० डलरको हाराहारी रहने बताइएको छ।

प्रकाशित: ६ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया