मेजूको मेटल फ्रेम भएको ‘एमथ्री नोट’ आउँदै, मिडरेन्ज स्मार्टफोनमा ५.५ इन्चको एचडी डिस्प्ले

Technology Khabar २३ चैत्र २०७२, मंगलवार

काठमाडौं ।

काठमाडौं, २२ चैत । मेजूले मिड रेन्जको नयाँ स्मार्टफोन एमथ्री नोट (Meizu M3 Note) ल्याउने अन्तिम तयारीमा रहेको छ । कम्पनीले ल्याउन लागेको नयाँ स्मार्टफोनको फीचरको बारेमा लीक भएको मेजूको प्लानमा उल्लेख रहेको छ ।

पछिल्ला दिनहरुमा मेजूले मिड रेन्ज लाइनअपलाई निकै सशक्त बनाईरहेको छ । मेजूले मिड रेन्जको स्मार्टफोनमा प्रतिस्पर्धिहरु शिओमी, लेनोभो, लेटिभी क्याम्पसँग प्रतिस्पर्धा गरिरहेको छ । त्यस्तै कम्पनीले प्रतिस्पर्धामा उत्रनका लागि मेटल लाइनअप पनि सार्वजनिक गरिरहेको छ ।

मेजूले ल्याउने एमथ्री नोटमा अल न्यू एलोय बडि ३५०० राखिएकोछ । यो स्मार्टफोनमा ५.५ इन्चको १०८० पिक्सेलसहितको डिस्प्ले राखिएको छ ।

यो स्मार्टफोन मिडियाटेक हेलियो एक्स १० चीपसेटमा आधारित हुने चर्चा रहेको छ भने यसमा २ वा ३ जीबीको र्याम रहनेछ । त्यस्तै यसमा ३,५०० एमएएचको ब्याट्री रहने बताईएको छ ।

कम्पनीले मेजू एमथ्री नोट १६ जीबी भर्सनको मूल्य १०९९ चीनियाँ यूआन अर्थात १७० डलर तोकिएको लीक भएको तस्वीरमा उल्लेख छ ।meizu-m3-note

एमथ्री नोट यसअघिको एम टस् नोटको अपग्रेडेबल भर्सन पनि हो । यसको मेटल चेसिस यसअघिको एम वान मेटल र शिओमीको रेडमी नोट थ्रीलाई मध्यन नजर गरेर ल्याईएको अनुमान गरिएको छ ।

यो स्मार्टफोन कम्पनीको आउन लागेको मेजू मेटल टू सँग पनि प्रतिस्पर्धि हुनेछ । यो फोनमा भएका विभिन्न फीचरहरु गत वर्ष सार्वजनिक भएको मेजू एमएक्स फाइभको फीचरहरु जस्तै रहेका छन् ।

यो स्मार्टफोन अप्रिल ६ तारिखमा चीनमा सार्वजनिक हुँदैछ ।

माध्यम

प्रकाशित: २३ चैत्र २०७२, मंगलवार

तपाइको प्रतिक्रिया