
काठमाडौं ।
सामसले आफ्नो ल्यापटपका लागि बनाइएको ९० हर्ज रिफ्रेश रेटसहितको १४ इन्चको ओएलईडी स्क्रीनको बृहत् उत्पादन शुरु गरेको छ।
यी स्क्रीनहरुको रेजोल्युशन २८८०x१८०० पिक्सेल हुने र आस्पेक्ट रेशियो १६:१० रहने बुझिएको छ।
यो १४ इन्चको प्यानल पहिलो पटक असुसका केही ल्यापटपहरुमा देख्न सकिने बुझिएको छ।
सामसङका अनुसार यी प्यानलहरु ओएलईडीका कारण १२० हर्ज रिफ्रेश रेटका प्यानल भन्दा अझ स्मार्ट देखिने बताएको छ। कम्पनीका अनुसार ओएलईडीले चलायमान चिजबिजलाई कम ब्लर देखाउने गर्दछ।
ओइलईडीले अझ गाढा कालो रंग, शत प्रतिशत डीसीआई-पी३ कभरेजसहित गेमिङका लागि अझ राम्रो रेस्पोन्स टाइम र भ्यूइङ एङ्गलका साथमा अझ राम्रो रंग संयोजन प्रदान गर्नेमा दुई मत नचभएको जीएसएमएरिना लेख्छ।
यो प्यानलसहित बजारमा आउने पहिलो ल्यापटप असुस जेडएनईबुक १४एक्स प्रो तथा भिभोबुक प्रो १४एक्स रहने बताइएको छ।
प्रकाशित: १ आश्विन २०७८, शुक्रबार