भारतमा जियोफोन नेक्स्ट सार्वजनिक हुने मिति सर्यो, अब तिहारमा आउने

  • Technology Khabar | २५ भाद्र २०७८, शुक्रबार
भारतमा जियोफोन नेक्स्ट सार्वजनिक हुने मिति सर्यो, अब तिहारमा आउने

काठमाडौं ।

भारतमा चीर प्रतिक्षित जियोफोन सार्वजनिक हुने मिति हालका लागि स्थगित भएको छ। उक्त डिभाइस सेप्टेम्बर १० अर्थात् आज हुने तय भएकामा विविध कारणवश तिहारसम्मका लागि स्थगित भएको बुझिएको छ।

जियोफोन नेक्स्ट रिलायन्स जियो तथा गुगलको साझेदारीमा भारतमै निर्मित भएर आउन लागेको हो।

यो मोडलमा एन्ड्रोइड तथा प्लेस्टोरमा आधारित अप्टिमाइज्ड अपरेटिङ सिस्टम रहनेछ। यसले विशेषगरी हाइ-इन्ड स्मार्टफोनमा हुने भ्वाइस फर्स्टजस्ता फिचर सपोर्ट गर्छ।

यो फिचरले यूजरलाई आफ्नै भाषामा कन्टेन्ट पढ्न वा हेर्न तथा ह्यान्डसेट न्याभिगेट गर्न मद्दत गर्ने साथै एन्ड्रोइडका फिचर तथा सेक्युरिटी अपडेटसहित उत्कृष्ट क्यामरा अनुभव लिन पनि सघाउ पुर्याउने बताइएको छ।

रिलायन्स जियो र गुगलले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै जियोफोन नेक्स्ट हाल आवश्यक सुधारका लागि सीमित प्रयोगकर्ताका बीच एडभान्स्ड परीक्षणका क्रममा रहेको र यसको सार्वजनिक हुने उल्लेख गरेका हुन्।

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार