Technology Khabar १४ चैत्र २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, १४ चैत । यदि तपाई सस्तो स्मार्टफोन प्रयोग गरिरहनुभएको छ वा सस्तो फोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने सावधान हुनुहोस् । सस्ता स्मार्टफोनमा सुरक्षा खतरा हुने रिपोर्ट सार्वजनिक भएको छ ।
मेकयूजअफ डटकमको रिपोर्टका आधारमा बिबिसीले दिएको जानकारीअनुसार सस्ता चीनियाँ स्मार्टफोनहरुमा सुरक्षा खतरा रहेको औंल्याईएको छ ।
हाल विश्वभर चीनियाँ स्मार्टफोन ब्राण्ड शिओमी हुआवेईलगायतका ब्राण्डले उत्पादन गर्ने सस्ता फोनहरु चर्चामा रहेका छन् । यस्ता फोनहरु सस्ता हुनुका साथै विभिन्न फीचरहरु राखिएको हुँदा ग्राहकहरुले निकै मन पराउने गरेका छन् ।
तर उक्त रिपोर्टकाअनुसार चीनमा निर्मित स्मार्टफोनमा उच्च सुरक्षा खतरा भेटिएको छ । यदि यस्तो किसिमको स्मार्टफोन खन्य कसैले प्रयोग गरेमा प्रयोगकर्ताका लागि निकै खतरनाक हुनेछ ।
चीनियाँ सस्ता स्मार्टफोनमा धेरैजसो मिडियाटेक सिस्टममा आधारित चिपसेट प्रयोग गरिएका हुन्छन् । ताईवानी कम्पनी मिडियाटेकले उत्पादन गर्ने उक्त एमटि ६५८२ (MT6582) नामको चिपसेट अधिकांश सस्ता स्मार्टफोनहरुमा प्रयोग गर्ने गरिन्छ ।
मिडियाटेकले सनै २०१३ मा मात्रै करिब २२ करोड सिस्टम अन अ चिप उत्पादन गरेको थियो । यस्ता चिपसेटहरु चीनियाँ ब्राण्ड हुवावे र लेनोभोका स्मार्टफोनहरुमा अत्यधिक प्रयोग हुने गरेको रिपोर्टमा उल्लेख छ । यस्ता स्मार्टफोनहरुमा आक्रमणकारीले रुट गर्ने बाटोको अनुमति पाउने र त्यसले तपाईँको पूरै जानकारीहरु हासिल गर्न सक्दछ ।
मिडियाटेकको एमटि ६५८२ (Mediatek MT6582) हुवावे (Huawei) र लेनोभो (Lenovo) का अधिकांश लो-इन्ड अर्थात बजेट स्मार्टफोनहरुमा प्रयोग हुने गरेको छ । जुन सुरक्षाको दृष्टिबाट निकै खतरनाक हो ।
कसरी खतरा छ ?
मिडिया टेक एमटि ६५८२ चिपसेटमा एक डिबग सेटिंग रहेको छ, जसले विभिन्न कम्पनीहरुमा काम गर्न परिक्षणका लागि बनाईएको हो । उत्पादकका अनुसार यो चीनमा ‘टेलिकम्यूनिकेसन्स् इन्टरओपरेबिलिटी’ परिक्षणका लागि प्रयोग गरिन्छ । तर यहि डिबग सेटिंग तपाईँको स्मार्टफोनको सुरक्षा खतराको कारक भएको छ । यदि कुनै आक्रमणकारी वा ह्याकरले यो डिबगको सेटिंगसम्म पहुँच पुर्यायो भने तपाईँको स्मार्टफोनको रुट एक्सेससम्म पुग्न सक्दछ, जसले गर्दा ह्याकरले तपाईँको फोनलाई पूर्ण नियन्त्रण गर्न र सबै जानकारीहरु हासिल गर्न सक्दछ ।
विशेष गरि यस्तो खतराको समस्या हुवावे र लेनोभोका स्मार्टफोनहरुमा हुने संभावना अधिक रहेको छ । तर उनीहरुको यो विषयमा केहि दोष भने छैन् ।

यो सेटिंगबाट ह्याकरले तपाईँको महत्वपूर्ण सिस्टम फाइलहरुलाई परिवर्तन गर्न वा डिलिट गर्न सक्नेछन भने तपाईको स्मार्टफोनको क्रियाकलाप हेर्न सक्नेछन् । यस्ता मालवेयरको बारेमा तपाईँलाई भने कुनै जानकारी हुनेछैन् । यदि ह्याकरले चाहेको खण्डमा तपाईँको फोनलाई पुरै ध्वस्त पारेर प्रयोग गर्न नसक्ने बनाउन सक्नेछन् ।
दर्ताका अनुसार यस्तो सुरक्षा खतराको अधिक संभावना विशेषगरी एन्ड्रोयडको ४.४ किटक्याट भर्सनमा आधारित ती स्मार्टफोनहरुमा रहेको रिपोर्टमा उल्लेख छ ।
यस्तो अधिक खतरा यसअघि लिनक्स केर्नलको ३.८ भर्सनमा भएको खतरा जस्तै हो, जुन अनुसन्धानकर्ताहरुले यहि जनवरीमा पत्ता लगाएका थिए ।
हुवावे र लेनोभोको फोनहरुमा यस्तो अधिक समस्या रहेपनि उनीहरुलाई दोष दिन मिल्दैन् । तरपनि यी कम्पनीमध्ये लेनोभोका अन्य उत्पादनहरुमा पनि सुरक्षा खतरा यसअघि पनि रहेको रिपोर्टमा उल्लेख छ ।
सन् २०१४ मा लेनोभोले सुपरफीसको सहयोगमा सबै प्रयोगकर्ताको एसएसएल बिगारेको थियो, यसले गर्दा प्रयोगकर्ताहरुले ल्यापटपमा अनरिमूभेवल, बायोस वेस्ट मालवेयरको सामना गरेका थिए ।
लेनोभोले आफ्ना उच्च तहका थिंक प्याड तथा थिंक सेन्टर डेस्कटपमा पनि विभिन्न अनावश्यक कार्यक्रमहरु राखेका थिए ।
तर यो पटक यी स्मार्टफोन निर्माता कम्पनीभन्दा पनि मिडियाटेकमा भएको डिबगलाई मूख्य दोष दिनुपर्दछ ।
के तपाईँको फोनमा खतरा छ ?
तपाईँ पनि लेनोभो र हुवावेका बजेट स्मार्टफोन प्रयोग गरिरहनुभएको छ ? यदि छ भने तपाईँले आफ्नो स्मार्टफोनको सुरक्षाको बारेमा आफैंले पनि थाहा पाउन सक्नुहुनेछ ।
यस्तो सुरक्षा खतरा विशेषगरि सन् २०१५ भन्दा अघि सार्वजनिक गरिएका फोनहरुमा मात्र पत्ता लागेको छ । त्यस्तै यसमध्ये पनि एन्ड्रोयडको ४.४ किटक्याट भर्सनमा संचालित हुने फोनमा मात्र समस्या आएको हो ।
तर सबैभन्दा ठिक भनेको तपाईँको आफ्नो फोनको जाँच नै हो ।
पहिलो कुरा डिभाईसको बारेमा तपाईँले जीएसएम एरेनामा गएर हेर्न सक्नुहुनेछ । त्यहाँ विश्वभरका अधिकांश फोनहरुको बारेमा विभिन्न जानकारी राखिएका हुन्छन् ।
त्यसपछि आफ्नो फोनमा कुन भर्सनको अपरेटिंग सिस्टम प्रयोग भईरहेको छ हेर्नुपर्दछ । यसको लागि तपाईँ फोनमा भएको सेटिंगमा त्यहाँ तल पुछारमा रहेको अबाउट फोनमा ट्याप गरेर हेर्न सक्नुहुनेछ । यस्तो सेटिंग फोनअनुसार केहि फरक पनि हुनसक्दछ ।
उदाहरणकाे लागी नेपाली बजारमा हुवावेले निकै बिक्री गरेको हुवावे अनर होली (Huawei Honor Holly) स्मार्टफोन हाे । यो फोनमा मिडियाटेक एमटी६५८२ चीपसेट राखिएको छ भने एन्ड्रोयडको ४.४.२ किटक्याट भर्सनको अपरेटिंग सिस्टम रहेको छ । त्यस्तै यो फोन सन् २०१४ अक्टोबरमा सार्बजनिक गरिएको थियो । जुन फोन रिपोर्टअनुसार सुरक्षा खतरामा रहेको छ ।

फोन असुरक्षित भए के गर्ने ?
यदि तपाईँको फोन उल्लेखित चिपसेट र अपरेटिंग सिस्टममा आधारित छ भने तपाईँले या त बेलाबेलामा सुरक्षाको बारेमा फोनको प्राविधिकलाई परिक्षण गराईरहनु पर्ने हुन्छ वा अर्को फोन खरिद गर्ने विकल्पको बारेमा सोच्नुपर्ने हुन्छ ।
यदि नयाँ फोन किन्न सक्नुहुन्न भने पहिलो चरणमा तपाईँले सामान्य सुरक्षा सावधानी अपनाउनुपर्ने हुन्छ । यसमा थाहा नभएका र आधिकारिक रुपमा जानकारी नभएका एप्स डाउनलोड गर्न हुँदैन् । गूगल प्ले स्टोर (google play store) जस्ता आधिकारिक प्ले स्टोरबाट एप्स डाउनलोड गर्नु सुरक्षित हुन्छ ।
अब के तपाईँको फोन सुरक्षित छ वा छैन् त्यसको जानकारी कमेन्टबाट गर्न सक्नुहुनेछ ।
प्रकाशित: १४ चैत्र २०७२, आईतवार