ट्विटरले फलोअरहरुलाई “सफ्ट ब्लक” गर्न सकिने फिचर परीक्षण गर्दै

  • Technology Khabar | २४ भाद्र २०७८, बिहीबार
ट्विटरले फलोअरहरुलाई “सफ्ट ब्लक” गर्न सकिने फिचर परीक्षण गर्दै

काठमाडौं ।

ट्विटरले आफ्नो प्रस्तावित गरिएको नयाँ गोपनीयता टूलहरुको पहिलो परीक्षण शुरू गरेको छ। यस टूलले प्रयोगकर्ताहरुले आफ्ना फलोअरहरुलाई ब्लक नगरिकन नै हटाउने क्षमता दिन्छ।

फलोअरहरु हटाउने सुविधा हाल वेबमा परीक्षण गरीरहेको छ र एक आधिकारिक ट्विटर टूलको रूपमा “सफ्ट ब्लक” अवधारणालाई लागू गर्नको लागी ल्याएको देखिन्छ।

परीक्षणको घोषणा ट्वीटअनुसार, तपाइँको प्रोफाइल पेजमा फलोअर सूचीबाट फलोअरहरु लाई हटाउन सक्नुहुन्छ। तपाईँले फलोअरको नामको छेउमा रहेको तीन-डट मेनुमा क्लिक गर्नुहोस्,  त्यसमा आउने “फलोअर हटाउनुहोस्” मा क्लिक गर्नुहोस्, र तपाइँको ट्वीट्स अब स्वचालित रूपमा उनीहरुको टाइमलाइनमा देखा पर्ने छैन्।

यो कसैलाई ब्लक गर्ने फिचर भन्दा फरक छ, ब्लक गर्नेमा उनीहरुलाई तपाइँको ट्वीट हेर्न र सीधा सन्देश पठाउनबाट रोक्दछ र तपाईँलाई पनि उनीहरुले उस्तै गर्नबाट सक्दछन्। ट्विटरको नयाँ फलोअरहरु हटाउने सुविधा एक रिमोट अनफलो बटन जस्तै हो । यो फिचर ट्विटरमा तपाईँ र अरु कोहि व्यक्ति बीच केहि दूरी बनाउने एक भद्र तरीका हो।

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...