टिकटकको मुख्य कम्पनी बाइटडान्स व्यापार विस्तारका ५ अर्ब डलर लागि ऋण लिँदै

  • Technology Khabar | २३ भाद्र २०७८, बुधबार
टिकटकको मुख्य कम्पनी बाइटडान्स व्यापार विस्तारका ५ अर्ब डलर लागि ऋण लिँदै

काठमाडौं ।

छोटो भिडियो शेयरिङ प्लेटफर्म टिकटकको सञ्चालक कम्पनी बाइटडान्स यति बेला ५ अर्ब डलर सापटी/ऋण लिनका लागि विभिन्न बैंकहरुसँग छलफलमा जुटेको बताइएको छ।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीले उक्त परिमाणको रकम आफ्ना ऋण तिर्न तथा समुद्रपारका अन्य देशहरुमा आफ्नो व्यवसाय विस्तारका लागि लिन लागेको हो।

द इन्फर्मेशन नामक समाचार संस्थाले बुधबार यो मामलासँग जानकार व्यक्तिहरुलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको रोयटर्सले उल्लेख गरेको छ।

बाइटडान्स र बैंकहरुबीच ४ देखि ५ अर्ब डलरको कुरा भए पनि ऋण तिर्नका लागि ऋण दिने सम्बन्धमा छलफल चलिरहेकाले यकिन भइनसकेको रिपोर्टमा उल्लेख छ।

यस सम्बन्धमा थप बुझ्न खोज्दा बाइटडान्सले कुनै प्रतिक्रिया नदिएको पनि रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २३ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...