
काठमाडौं ।
अमेजन डट कमले अमेरिकामा अक्टोबरभित्र आफ्नै ब्रान्डको टीभी सार्वजनिक गर्ने योजना बनाएको छ।
कम्पनीको यो योजनाका बारेमा बिहीबार बिजनेस इन्साइडरले आफ्नो समाचारमा उल्लेख गरेको हो।
अमेजन डिभाइसेस तथा ल्याब १२६ का टोलीले अमेजन टीभी परियोजनामा पछिल्लो २ वर्षदेखि काम गरिरहेको विशेष स्रोतलाई उद्धृत गर्दै उक्त समाचार रिपोर्टमा जनाइएको छ।
भ्वाइस असिस्टेन्ट एलेक्सायुक्त ती टीभीलाई हाल तेस्रो पक्षको निर्माताले डिजाइन तथा निर्माण गरिरहेको र तीमध्ये एउटा टीसीएल रहेको बुझिएको रिपोर्टमा उल्लेख छ।
यसबारेमा प्रश्न गर्दा अमेजनले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।
कम्पनीले गत वर्ष भारतमा अमेजनबेसिक्स टीभी भारतमा सार्वजनिक गरिसकेको छ।
प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार