एप्पलद्वारा कोभिडविरुद्धको खोपको अवस्था जानकारी गराउन आफ्ना कर्मचारीलाई आग्रह

  • Technology Khabar | १७ भाद्र २०७८, बिहीबार
एप्पलद्वारा कोभिडविरुद्धको खोपको अवस्था जानकारी गराउन आफ्ना कर्मचारीलाई आग्रह

काठमाडौं ।

एप्पलले अमेरिकामा रहेका आफ्ना सबै कर्मचारीलाई कोभिड-१९ विरुद्धको खोपको अवस्थाबारे जानकारी गराउन आग्रह गरेको छ।

ब्लूमबर्गका अनुसार कम्पनीले हालै सबै कर्मचारीलाई आन्तरिक परिपत्र पठाउँदै उनीहरुलाई अझै अफिस बाहिरैबाट काम गरिरहेको भए आगामी सेप्टेम्बर १७ भित्र खोप लगाएको नलगाएको बारे जानकारी गराउन अनुरोध गरेको हो।

कम्पनीले यो तथ्याङ्क अहिले चलिरहेको कोभिड-१९ रेस्पोन्समा प्रयोग गर्ने बुझिएको छ।

ब्लूमबर्गका अनुसार एप्पलले आफ्ना कर्मचारीलाई उनीहरुको खोपको अवस्थाबारेको जानकारी गोप्य राख्ने आश्वासन दिएको बताइएको छ।

‘तपाईँहरुको यो तथ्याङ्क यदि कम्पनीलाई स्वस्थ र सुरक्षित कार्यस्थल बनाउनका लागि आवश्यक ठानेमा तपाईँहरुको कामको वातावरण, भवनको ठेगानालगायतका अन्य जानकारीसँगै पहिचान नखुल्नेगरी प्रयोग हुन सक्नेछ’, एप्पलले आफ्नो पत्रमा उल्लेख गरेको छ।

तर यो पत्र अनुसार तोकिएको मितिभित्र जानकारी उपलब्ध नगराएको खण्डमा कर्मचारीलाई के नसिहत दिइनेछ भन्ने स्पष्ट छैन।

तर उसले गुगलले झैं अफिस आउनुअघि खोपको मात्रा पूरा गर्न निर्देशन दिएको छैन। तर केही समयमा यो नियम आउनसक्ने आकलन भने गरिएको छ। कम्पनीले हालै आफ्ना कर्मचारीलाई कोभिड विरुद्धको खोप लगाउन प्रोत्साहित गरेको थियो।

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार