भारतीय राइड सेयरिङ्ग फर्म ओलाले सार्वजनिक शेयरबाट १ अर्ब डलर उठाउने योजना

  • Technology Khabar | १५ भाद्र २०७८, मंगलवार
भारतीय राइड सेयरिङ्ग फर्म ओलाले सार्वजनिक शेयरबाट १ अर्ब डलर उठाउने योजना

काठमाडौं ।

भारतीय राइड सेयरिङ्ग फर्म ओलाले प्रारम्भिक सार्वजनिक शेयर निस्कासन (आईपीओ)को माध्यमबाट १ अर्ब डलरसम्म जम्मा गर्ने योजना बनाएको सीएनबीसीले उल्लेख गरेको छ।

यसअघि नै कम्पनीले आईपीओ जारी गर्न लागेको समाचार आएको थियो ।

ओलाले आफ्नो कोष संकलन गर्न सल्लाह दिने बैंकहरुलाई अन्तिम रूप दिईरहेको छ र यस कार्यमा सिटीग्रुप, कोटक महिन्द्रा र मोर्गन स्टेनलीमा जोडिएको रोयटर्सले उल्लेख गरेको छ।

अध्यक्ष र समूहका सीईओ भविश अग्रवालले यसै महिना सीएनबीसीलाई दिएको जानकारीअनुसार कम्पनीले अर्को बर्ष सार्वजनिक गर्ने योजना बनाएको र अन्तिम मिति तय भएको छैन।

सफ्टबैंक समर्थित टेक स्टार्टअपको योजना सार्वजनिक शेयर बजारमा गईरहेका भारतीय टेक स्टार्टअपको एक बढ्दो सूचीको हिस्सा हो।

ओलाको अधिकांश संचालन भारतमा छ तर कम्पनीको राइड हेलिंग सेवाहरु यूके, अष्ट्रेलिया र न्यूजील्याण्डमा पनि उपलब्ध छन्।

यसैबिच कोरोनाभाइरस महामारीले धेरै मानिसहरुलाई लामो समयदेखि घरमा राखेसँगै यसले कम्पनीलाई आफ्नो कार्यबल कटौती गर्न बाध्य तुल्याएको छ।

प्रकाशित: १५ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार