सामसङ ग्यालेक्सी एस२२ सिरिज आगामी नोभेम्बरबाट बृहत् उत्पादनमा जाने

  • Technology Khabar | १५ भाद्र २०७८, मंगलवार
सामसङ ग्यालेक्सी एस२२ सिरिज आगामी नोभेम्बरबाट बृहत् उत्पादनमा जाने

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी सामसङको आउँदै गरेको ग्यालेक्सी एस२२ को बृहत् उत्पादन आगामी नोभेम्बरबाट शुरुवात हुने भएको छ।

यो डिभाइस सार्वजनिक हुनुभन्दा अघि केही जानकारीहरु बाहिरिने क्रम चलिरहेको छ।

हालै भएको प्रगति अनुसार सामसङ ग्यालेक्सी एस२२ सिरिज नोभेम्बरबाट बृहत् उत्पादनमा जाने बताइएको हो।

यसबाहेक यो स्मार्टफोन लाइनअप आगामी जनवरीबाट खरिद गर्न सकिने छ भने यी सबै सेटमा क्वालकमको पछिल्लो स्न्यापड्रागन ८९८ चिपसेट रहने बुझिएको छ। यो लाइनअप आगामी डिसेम्बरमा आधिकारिक रुपमा सार्वजनिक हुने बताइएको छ।

सामसङको यो स्मार्टफोन सिरिज स्न्यापड्रागन ८९८ चिपसेटयुक्त विश्वकै पहिलो फोन हुने पनि बताइएको छ।

यसो हुँदा यो चिपसेट राखेर पहिलो स्मार्टफोन ल्याउँदै गरेको चिनियाँ कम्पनी शाओमीलाई सामसङले उछिन्ने छ।

यस अघिका रिपोर्ट अनुसार क्वालकम स्न्यापड्रागन ८९८ चिपसेट पनि सामसङकै फाउन्ड्रीमा बन्ने भएकाले यसको कार्यक्षमता पनि २० प्रतिशत बढ्ने अपेक्षा गरिएको छ।

यो चिपसेटको प्लस भेरियन्ट भने ताइवानको टीएसएमसीले निर्माण गर्ने बताइएको छ।

यो स्मार्टफोनमा सामसङको एक्जिनोस २२०० चिप पनि रहन सक्ने र यसले एएमडीको जीपीयूसँग समन्वय गरेर अझ राम्रो प्रदर्शन गर्ने पनि बताइएको छ।

यसको टप-इन्ड मोडल ग्यालेक्सी एस२२ अल्ट्रामा भने १०८ मेगापिक्सेलको क्यामरा रहने पनि बताइएको छ।

प्रकाशित: १५ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार