Xiaomi

शाओमी १२ स्मार्टफोनमा पछाडि ५० मेगापिक्सेलका ट्रिपल क्यामरा रहने

शाओमी १२ स्मार्टफोनमा पछाडि ५० मेगापिक्सेलका ट्रिपल क्यामरा रहने
Global IME Bank

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको आउँदै गरेको फ्ल्यागशिप शाओमी १२ मोडलमा पछाडि तीन ओटा ५० मेगापिक्सेलका क्यामरा सेन्सर रहने बुझिएको छ।

हालै उक्त फोनमा काम गरिरहेको शाओमीले प्रिमियम स्पेसिफिकेशन राख्ने बुझिएकोमा क्यामराका बारेमा यो जानकारी बाहिरिएको हो।

यसबाहेक यसमा डिटेलसहितको उच्च गुणस्तरको जूम सुविधाका लागि ५x पेरिस्कोप सेटअप पनि रहने बताइएको छ। शाओमीले हालै फ्ल्यागशिप डिभाइसमा एमआई ब्रान्डिङ हटाएर शाओमीलाई नै निरन्तरता दिने घोषणा गरे अनुरुप यो डिभाइसको नाम पनि शाओमी १२ रहने आकलन गर्न सकिन्छ।

चर्चित चिनियाँ टिप्स्टर डिजिटल च्याट स्टेशनले हालै लीक गरेको विवरण अनुसार शाओमी १२ मा ५०-५० मेगापिक्सेलका मुख्य, अल्ट्रा वाइड एङ्गल र टेलिफोटो सेन्सर रहनेछन्। यसबाहेक शाओमीले १०x पेरिस्कोप लेन्समा पनि काम गरिरहेको बुझिएको छ। तर यो शाओमी १२ मा भने उपलब्ध हुने छैन।

साथै एलपीडीडीआर५एक्स मेमोरी तथा क्वालकम स्न्यापड्रागनको सबैभन्दा पछिल्लो भर्सन चिपसेट प्रयोग हुने बुझिएको छ।

यसबाहेकका अन्य विवरणहरु भने बाहिर आइसकेका छैनन्।

Sajilo Visa
easy care