आठ जिल्लाका आधारभूत विद्यालयहरुमा कम्तीमा २० एमबीपीएसको इन्टरनेट पुर्याईँदै

  • Technology Khabar | १४ भाद्र २०७८, सोमबार

काठमाडौं ।

भूकम्पबाट अति प्रभावित ८ जिल्लाहरुका आधारभूत विद्यालयहरुमा कम्तीमा २० एमबीपीएस क्षमताको नन-डेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत ७६ मध्ये ७० स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको २०७८ साल साउन मसान्तसम्मको प्रगति विवरणमा यो जानकारी अद्यावधिक गरिएको हो।

विवरण अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुमध्ये भूकम्पबाट अति प्रभावित ८ जिल्लाहरु (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा) का सबै स्थानीय तहको कार्यालयहरु, वडा कार्यालयहरु, सामुदायिक माध्यमिक विद्यालयहरु तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा कम्तीमा २० एमबीपीएसको इन्टरनेट कनेक्टिभिटी पुर्याउने सरकारको लक्ष्य छ।

यी स्थानीय तह र संस्थाहरुमा पहिले नै रहेका ५१२ केबीपीएसको इन्टरनेटको क्षमता अभिवृद्धि गर्न र जडान गर्न तथा सम्पूर्ण आधारभूत विद्यालयहरुसहित करिब ४ हजार २५१ स्थानहरुमा कम्तीमा २० एमबीपीएस क्षमताको नन-डेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान कार्य गरिनेछ।

यसरी इन्टरनेट जडान तथा क्षमता अभिवृद्धि गरी २ वर्षसम्मको लागि महसुल बापतको रकम उपलब्ध गराउने कार्यको लागि सम्बन्धित गाउँपालिका/नगरपालिकाहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम अगाडि बढाइएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार