कुन सेवा प्रदायकको बारेमा दूरसञ्चार तथा इन्टरनेटसम्बन्धी गुनासो कति? यस्तो छ तथ्याङ्क

  • Technology Khabar | १३ भाद्र २०७८, आईतवार
कुन सेवा प्रदायकको बारेमा दूरसञ्चार तथा इन्टरनेटसम्बन्धी गुनासो कति? यस्तो छ तथ्याङ्क

काठमाडौं ।

दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणमा आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ताका तर्फबाट विभिन्न सेवा तथा समस्याका बारेमा जम्मा ३०९ ओटा गुनासाहरु आएको तथ्याङ्क छ।

नेपाल दूरसञ्चार प्राधिकरणको कम्प्लेन ह्याडलिङ्ग सिस्टममा सेवाग्राहीहरुले सिधै सेवा प्रदायकहरुको बारेमा गुनासो गर्ने सुबिधा रहेको छ। सोहीअनुसार विभिन्न प्रकारका गुनासाहरु अनलाइनमार्फत आउने गरेको प्राधिकरणले जनाएको छ।

आएका ३०९ ओटा गुनासोहरु मध्ये इन्टरनेटसम्बन्धी २१९ तथा भ्वाइससम्बन्धी ९० ओटा उजुरी दर्ता भएका थिए।

तीमध्ये सबैभन्दा धेरै अर्थात् ८२ ओटा नेपाल टेलिकमका विरुद्धमा थिए भने त्यसपछि क्लासिक टेकको बारेमा ५४, वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेड ५२,  भायनेट कम्युनिकेशन्स लिमिटेडको ३५, सुबिसु केबलनेट प्रा. लि.को २८ तथा एनसेल आजियाटा लिमिटेडको विरुद्धमा २६ ओटा गुनासाहरु दर्ता भएका थिए।

यसैगरी ब्रोडलिंक कम्युननिकेशन एन्ड नेटवर्क प्रा. लि. र वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रा. लि. विरुद्ध समान ७-७, स्मार्ट टेलिकमको ६ तथा एलएनटी इन्फोटेक प्रा. लि. का विरुद्ध ४ ओटा उजुरी परेका थिए।

अन्य कम्पनीहरुका सेवाहरुको बारेमा आएका गुनासा नगण्य मात्र रहेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा कुन सेवा प्रदायकको सेवाको बारेमा कति गुनासा आए?

क्र. सं. सेवा प्रदायकको नाम गुनासो संख्या प्रतिशत
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ८२ २६.५४
एनसेल आजियाटा लिमिटेड २६ ८.४१
वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेड ५२ १६.८३
भायनेट कम्युनिकेशन्स लिमिटेड ३५ ११.३३
क्लासिकटेक प्रा. लि. ५४ १७.४८
सुबिसु केबलनेट प्रा. लि. २८ ९.०६
स्मार्ट टेलिकम प्रा. लि. १.९४
पोखरा इन्टरनेट प्रा. लि. ०.३२
ब्रोडलिंक कम्युननिकेशन एन्ड नेटवर्क प्रा. लि. २.२७
१० म्याक्सनेट सोलुशन्स प्रा. लि. ०.३२
११ वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रा. लि. २.२७
१२ एलएनटी इन्फोटेक प्रा. लि. १.२९
१३ टेकमाइन्ड्स नेटवर्क प्रा. लि. ०.३२
१४ एरोनेट प्रा. लि. ०.३२
१५ चेरी वर्ल्ड कम्युनिकेशन प्रा. लि. ०.३२
१६ प्रभु डिजिटल प्रा. लि. ०.३२
१७ फर्स्टलिंक कम्युनिकेशन प्रा. लि. ०.३२
१८ इन्फोनेट टेक्नोलोजी प्रा. लि. ०.३२
जम्मा ३०९ १००

 

प्रकाशित: १३ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार