असिस्टेन्ट ड्राइभिङ मोडलाई बढावा दिन एन्ड्रोइड अटोको फोन स्क्रीन भर्सन बन्द गर्दै गुगल

  • Technology Khabar | ८ भाद्र २०७८, मंगलवार
असिस्टेन्ट ड्राइभिङ मोडलाई बढावा दिन एन्ड्रोइड अटोको फोन स्क्रीन भर्सन बन्द गर्दै गुगल

काठमाडौं ।

गुगलको कार क्षेत्रको महत्वाकांक्षाका कारण दुई वर्ष पहिले एन्ड्रोइड अटोलाई रिडिजाइन गरिएको थियो। यसको सकारात्मक प्रतिक्रिया नै आएको थियो।

तर हाल फोन स्क्रीनका लागि बनाइएको एन्ड्रोइड अटोको भर्सन भने बन्द हुने भएको छ। अब केही यूजरका मोबाइलमा उक्त भर्सनले काम गर्न छोडिसकेको पनि बताइएको छ।

एन्ड्रोइड अटो फर फोन स्क्रीन्स नाम दिइएको यो एप गुगल असिस्टेन्ट ड्राइभिङ मोड सार्वजिक गर्नमा ढिलाइ हुने भएपछि सन् २०१९ मा ल्याइएको थियो।

सन् २०२० देखि उपलब्ध हुन थालेको यो फिचर यसै वर्षको शुरुवातसम्म उपलब्ध हुँदै आएको थियो। हाल गुगलले इन-कार एक्सपेरियन्स चाहने तर एन्ड्रोइड अट यूजरका लागि यो एपलाई ‘स्टपग्याप’ को नाम दिएको छ।

केही यूजरहरुले आफ्ना फोनमा एन्ड्रोइड अटो फर फोन स्क्रीन्स एपले काम नगर्ने सूचना पनि प्राप्त गरिसकेको बताइएको छ। एक्सडीएका अनुसार केही पिक्सेल प्रयोगकर्ताहरुले एन्ड्रोइड १२ मा यो एपको मुख्य विशेषता पूर्ण रुपमा हटेको र उक्त सूचना मात्र पाएको बताएका छन्।

प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • ८ भाद्र २०७८, मंगलवार