
काठमाडौं ।
अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले रु. १५०० सम्मको आकर्षक क्यासब्याक पाउने भएका छन्।
७ भदौ ७ गतेदेखि सुरु भई सिमित अवधिको लागि संचालन हुने उक्त अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ।
खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्ने बताईएको छ।
नेपाली बजारमा गरीने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने हेतुले उक्त अफर कार्यान्वयनमा ल्याएको जानकारी खल्ती डिजिटल वालेटका प्रवन्धक पवल खरेलले दिए।
नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क खल्तीबाट तिर्ने तरिका:
प्रकाशित: ७ भाद्र २०७८, सोमबार