यूरोपका तीन देशमा फाइभजी नेटवर्क विस्तारको जिम्मा नोकियालाई

  • Technology Khabar | ८ भाद्र २०७८, मंगलवार
यूरोपका तीन देशमा फाइभजी नेटवर्क विस्तारको जिम्मा नोकियालाई

काठमाडौं ।

फिनल्यान्डको टेक कम्पनी नोकियाले सोमबार आफूले ए१ टेलिकम अस्ट्रिया ग्रुपमार्फत् बुल्गेरिया, सर्बिया र स्लोभेनियामा फाइभजी विस्तारको पाएको घोषणा गरेको छ।

‘बहुराष्ट्र एकल ठेकेदार सम्झाैता अनुसार नोकियाले आफ्नो व्यापक एयरस्केल पोर्टफोलियोमार्फत् यी सबै तीन ओटा बजारमा फाइभजी रेडियो एक्सेस नेटवर्क सोलुशन प्रदान गर्ने साथै सर्बिया र स्लोभेनियामा स्वतन्त्र रुपमा फाइभजी नेटवर्क विस्तार गर्ने भएको छ’, कम्पनीले बताएको छ।

विश्वमा फाइभजी नेटवर्क विस्तार तथा पूर्वाधार निर्माणका क्षेत्रमा चिनियाँ ह्वावे, जेडटीई तथा नोकियाबीच प्रतिस्पर्धा चल्दै आएको छ।

पछिल्लो समय अमेरिकी सरकारको ट्रम्प प्रशासनद्वारा सुरक्षा खतराको कारण देखाउँदै ह्वावेमाथि फाइभजी क्षेत्रमा प्रतिबन्ध लगाएको थियो। यति मात्र नभइ उसले यूरोपेली तथा अन्य देशरुमा समेत ह्वावेलाई फाइभजी विस्तारमा सहभागी हुन नदिन आग्रह गर्दै आएको छ।

प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...