नुबिया रेड म्याजिक ६एस प्रो आगामी सेप्टेम्बर ६ मा आउँदै

  • Technology Khabar | ७ भाद्र २०७८, सोमबार
नुबिया रेड म्याजिक ६एस प्रो आगामी सेप्टेम्बर ६ मा आउँदै

काठमाडौं ।

गत हप्ता नुबियाको एउटा नयाँ स्मार्टफोनले ३सी को सर्टिफिकेशन पाएको थियो। त्यो डिभाइस नुबिया रेड म्याजिक ६एस प्रो भएको आकलन गरिएको छ।

कम्पनीले हालै आफ्नो नयाँ गेमिङ स्मार्टफोन आगामी सेप्टेम्बर ६ मा चीनमा सार्वजनिक हुने आधिकारिक घोषणा गरेको हो।

चिनियाँ कम्पनी जेडटीईको सहायक ब्रान्ड नुबियाले यो स्मार्टफोन पछि गेमिङ जायन्ट टेन्सेन्टसँगको साझेदारीमा अर्को नयाँ स्मार्टफोन पनि ल्याउने तयारीमा रहेको बुझिएको छ।

रेड म्याजिक ६ सिरिजको यस्तै संस्करण बजारमा पहिलेदेखि नै उपलब्ध छ। त्यसैले ६एस आउँदै गरेकोमा आश्चर्य मान्नुपर्ने खासै केही छैन।

रेड म्याजिक ६ एसको धेरै विवरण बाहिर आएका छैनन्। तर यसमा स्न्यापड्रागन ८८८+ चिपसेट, १२० वाट चार्जिङ क्षमता तथा अन्य स्पेसिफिकेहन रेड म्याजिक ६ को जस्तै रहने आकलन गरिएको छ।

यसबाहेक यो डिभाइस चीनभन्दा बाहिर पनि उपलब्ध हुने तर केही स्पेसिफिकेशन थपघट हुनसक्ने आकलन पनि गरिएको छ।

प्रकाशित: ७ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...