
काठमाडौं ।
अमेरिकाको स्टेट डिपार्टमेन्टमा साइबर हमला भएको बताइएको छ। हालै फक्स न्यूजका एक रिपोर्टरले ट्वीट गर्दै उक्त हमलापछि डिपार्टमेन्ट अप डिफेन्स साइबर कमान्डले यसबाट हुन सक्ने सम्भावित गम्भीर तोडमोडका बारेमा जानकारी दिएको बताएका छन्।
????BREAKING, thread:
The State Department has been hit by a cyber attack, and notifications of a possible serious breach were made by the Department of Defense Cyber Command.
— Jacqui Heinrich (@JacquiHeinrich) August 21, 2021
ट्वीटमा उक्त हमला कतिबेला भएको थियो भन्ने स्पष्ट छैन त। यो घटना २ हप्ताअघि भएको हुनसक्ने अनुमान गरिएको छ। ती रिपोर्टरले यस हमलाबाट अमेरिकाको अफगानिस्तानबाट आफ्ना नागरिक र शरणार्थीहरुलाई स्थानान्तरण गर्ने योजनामा कुनै प्रभाव नपरेको उल्लेख गरेका छन्।
कुनै घटनालाई नतोकी एक भरपर्दो स्रोतले सञ्चारमाध्यम रोयटर्सलाई बताए अनुसार स्टेट डिपार्टमेन्टले त्यस्तो ठूलो समस्या ब्यहोर्नुपरेको छैन र उसको काममा कुनै प्रकारले रोकावट आएको छ।
‘डिपार्टमेन्टले आफ्नो सूचनाको सुरक्षाको जिम्मेवारीलाई गम्भीर रुपमा लिने र निरन्तर रुपमा यसका लागि आवश्यक कदम चालिरहनेछ। सुरक्षाका दृष्टिकोणले हामी यतिबेला कुनै पनि कथित साइबर हमलाको बारेमा छलफल गर्नसक्ने अवस्थामा छैनाैं’, स्टेट डिपार्टमेन्टका एक प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन्।
प्रकाशित: ७ भाद्र २०७८, सोमबार