अनरले पनि ह्वावेले झैं आफ्नै सहायक ब्रान्ड सिर्जना गर्दै

  • Technology Khabar | ६ भाद्र २०७८, आईतवार
अनरले पनि ह्वावेले झैं आफ्नै सहायक ब्रान्ड सिर्जना गर्दै

काठमाडौं ।

ह्वावेको सहायक ब्रान्डका रुपमा रहेको अनरले गत वर्ष ह्वावेबाट छुट्टिएर स्वतन्त्र ब्रान्डका रुपमा काम गरिरहेकामा अब भने आफ्नै सहायक ब्रान्ड स्थापना गर्ने भएको छ।

विश्वका विभिन्न ब्रान्डहरुले सब ब्रान्ड स्थापना गर्ने लहड नै चलिरहँदा चिनियाँ कम्पनीहरु यसमा अगाडि नै छन्। कुनै कुनै ब्रान्डलाई त आफ्नै सहायक ब्रान्डले उछिनेको पनि पाइएको छ।

ह्वावेको सब ब्रान्ड आज यो स्थितिमा आउला र छुट्टै ब्रान्डका रुपमा पहिचान बनाउँदै आफ्नो सहायक ब्रान्डसमेत स्थापना गर्ला भन्ने सायद कमैले मात्र सोचेका थिए होलान्।

अनरले फरक सेगमेन्टका डिभाइसका लागि एक वा एकभन्दा बढी ब्रान्ड बनाउने योजनामा रहेको कम्पनीका सीईओले बताएका छन्। अनरको पहिलो ब्रान्डको नाम सिगायो टर्मिनल कम्पनी लिमिटेडका नामले दर्ता भइसकेको छ। तर नामबाहेक अन्य जानकारी उपलब्ध भएको छैन।

हालसम्म उक्त सहायक ब्रान्डले वेयरेबल डिभाइस उत्पादन गर्ने हल्ला चलेको छ। तर यी सहायक ब्रान्डहरुले के के र कहिने उत्पादन गर्नेछन् भन्ने आधिकारिक जानकारी अनरका तर्फबाट प्राप्त भइसकेको छैन।

प्रकाशित: ६ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार