
काठमाडौं ।
नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका पाइएको छ ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदनले यो तथ्य उजागर गरेको हो।
बाग्मती प्रदेशमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या अन्य प्रदेशभन्दा बढी अर्थात् ३३.१२ र ६.४० प्रतिशत रहेको पाइएको छ।
मोबाइल बैंकिङमा सबैभन्सदा कम ङ्ख्या प्रदेश नं. २ मा २७.०१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
महानगरमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ६.४८ प्रतिशत रहेको पाइएको छ।
यसैगरी प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् ।
प्रतिखाता मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बाग्मती प्रदेशमा सबैभन्दा बढी क्रमशः ३३.१२ र ६.४० प्रतिशत रहेको छ ।
प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् ।
प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको देखिएको छ ।
उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र
सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको देखिएको छ ।
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार