माइक्रोसफ्टले आफ्नो फ्ल्यागशिप उत्पादनहरुको लागि २० प्रतिशतसम्म मूल्य बढाउने

  • Technology Khabar | ४ भाद्र २०७८, शुक्रबार
माइक्रोसफ्टले आफ्नो फ्ल्यागशिप उत्पादनहरुको लागि २० प्रतिशतसम्म मूल्य बढाउने

काठमाडौं ।

माइक्रोसफ्ट कर्पोरेशनले यसले माइक्रोसफ्ट ३६५ नामक सफ्टवेयरको बन्डलको लागी २० प्रतिशतसम्म मूल्य बढाउने बिहिबार बताएको छ । जसमा टिम्स र आउटलुक जस्ता लोकप्रिय एप्सहरु सामेल छन्।

यो मूल्य वृद्धि आगामी ६ महिना भित्र लागु हुने माइक्रोसफ्टले एक ब्लग पोस्टमा यो परिवर्तनको घोषणासहित बताएको छ।

माइक्रोसफ्ट ३६५ सुइट कम्पनीको उत्पादकत्व र व्यापार प्रक्रिया खण्डको आधारशिला हो, जुन हालको आर्थिक बर्षमा ५३.९अर्ब डलरको बिक्री भएको थियो, यो माइक्रोसफ्टको कुल १६८ अर्ब डलरको बिक्रीको एक तिहाई हिस्सा हो।

वृद्धिले व्यावसायिक ग्राहकहरुलाई प्रभावित पार्नेछ र माइक्रोसफ्टले एक दशक पहिले यो सेवा रोल आउट गरेपछि पहिलो पटक मूल्य वृद्धि गर्न लागेको हो। माइक्रोसफ्ट ३६५ का कर्पोरेट उपाध्यक्ष जेरेड स्पाटारोले कम्पनीले सेवा  लन्च भएदेखि सुइटमा दुई दर्जन एप्स थप गरेको बताए।

“यो अपडेट गरिएको मूल्यवृद्धिले हामीले विगत १० बर्षहरुमा हाम्रा ग्राहकहरुलाई पुर्‍याएको भएको सेवाको मूल्यलाई प्रतिबिम्बित गर्दछ,” स्पाटारोले पोस्टमा भने।

यसमा सबैभन्दा सस्तो आधारभूत व्यापार योजनाहरुमा २० प्रतिशत प्रति प्रयोगकर्ता बढ्दै ५ डलरबाट ६ मा वृद्धि हुनेछ, जबकि सुइटको उच्चतम संस्करणहरु प्रति उपयोगकर्ता ३२ डलरबाट ३६ डलरमा पुग्दै १२.५ प्रतिशतको एक सानो वृद्धि हुनेछ।

माइक्रोसफ्टले उपभोक्ता वा सफ्टवेयरको शिक्षा संस्करणको लागी मूल्यहरु परिवर्तन नगर्ने बताएको छ। रोयटर्स

प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार