घुसखोरी कसूरमा जेल परेमा सामसङका उपाध्यक्ष जे वाइ ली रिहा

  • Technology Khabar | २९ श्रावण २०७८, शुक्रबार
घुसखोरी कसूरमा जेल परेमा सामसङका उपाध्यक्ष जे वाइ ली रिहा

काठमाडौं ।

घुसखोरी तथा हिनामिना कसूरमा जेल परेका सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष जे वाइ ली आज रिहा भएका छन्।

सामसङ विश्वकै सबैभन्दा ठूलो चिप निर्माता भएको र ली जेलभित्रै रहँदा कम्पनीका थुप्रै रणनीतिक निर्णयहरु हुन नसकेका कारण चिन्ता  बढ्न थालेपछि उनको रिहाइलाई प्राथमिकता दिइएको बुझिएको छ।

प्रविधि क्षेत्रमै ठूलो प्रभाव परेकाले राष्ट्रपतिले समेत सर्वसाधारणलाई तत्कालको अवस्था बुझेर उनको विवादास्पद रिहाइमा विरोध नगर्न घुमाउरो पाराले आग्रह गरेका थिए।

राष्ट्रपति मुन जेइ इनको कार्यालयले उनको रिहाइको निर्णय राष्ट्रिय हितबाट प्रेरित भएको बताएको छ।

यो पनि पढ्नुहोस्

घुस काण्डमा सजाय पाएका सामसङका उपाध्यक्ष जे वाई ली शुक्रबार जेलबाट रिहा हुँदै

तर नागरिक समाजले भने उनको रिहाइ देशको व्यापारीमाथि कानून मिच्दा पनि दण्डको सट्टा सफाइ दिइएको अर्को घटना हुने भन्दै विरोध गरिरहेका छन्।

रिहाइका क्रममा ५३ वर्षीय ली सोउल डिटेन्सन सेन्टरको बाहिरपट्टि खैरो सुटमा पहिलेभन्दा अझ दुब्लो जीउडालमा देखा परेका थिए।

पूर्व राष्ट्रपति पार्क ग्यसु हेइका एक मित्रलाई घूस दिएको आरोपमा ली पहिलेको निर्णयअनुसारको ३० महिनाको सट्टा पुन समीक्षा गरिएको १८ महिना जेलमा बसेका थिए।

सम्बन्धित समचार

सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष जे वाई लीलाई ९ वर्षको जेल सजाय

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Gham Power unveiled the country’s first-ever soluble lead-flow battery

  • Technology Khabar
  • २९ श्रावण २०७८, शुक्रबार