
काठमाडौं ।
अमेरिकी साइबर सुरक्षा जायन्ट नर्टनलाइफलक (NortonLifeLock)ले चेक प्रतिद्वंद्वी अभास्टलाई ८ अर्ब डलर भन्दा बढी नगद र इक्विटी लेनदेनमा अधिग्रहण गर्ने घोषणा गरेको छ।
नयाँ समूहलाई के भनिन्छ यो स्पष्ट छैन् । तर अभास्ट र नर्टनलाइफलकले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मर्जरले एउटा “मेगा” आईटी सुरक्षा कम्पनी बनाउने र दुबै कम्पनीहरुबाट ५० करोड उपभोक्ताहरुको रक्षाको लागी समर्पित हुने बतायो।
नयाँ समूहले वार्षिक राजस्व ३.५ अर्ब डलर उत्पन्न गर्दछ। अभास्टको वर्तमान सूचीबद्ध लन्डन स्टक एक्सचेन्जको विपरीत नयाँ कम्पनी नास्ड्याकमा सूचीबद्ध हुनेछ। यसको दोहोरो मुख्यालय टेम्पे, एरिजोना र प्राग, चेक गणराज्यको माध्यमबाट संचालित हुनेछ।
नियामक अनुमोदनको पर्खाइमा यो कारोबार सन् २०२२ को मध्यमा सकिने अपेक्षा गरिएको छ। अधिग्रहण कारोबार पूरा भएपछि अभास्टका सिईओ ओन्ड्राभरुचेक नर्टनलाइफलकको नयाँ अध्यक्ष बन्नेछन् र निर्देशक बोर्डमा सामेल हुनेछन्। नर्टनका प्रमुख भिन्सेन्ट पिलेट बिस्तारित समूहको सीईओ हुनेछ।
दुई साइबरसुरक्षा कम्पनीहरुले संयुक्तरुपमा करिब ५ अर्ब डलरको इन्टरनेट व्यवसायमा उपभोक्ता साइबर सुरक्षामा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको छ । एजेन्सी
प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार