
काठमाडौं ।
काठमाडौं, २७ माघ । भक्तपुरको नगरकोटस्थित क्लब हिमालयले भ्यालेन्टाईन डेलाई विशेष बनाउने उदेश्यले जोडीका लागि विशेष प्याकेज कार्यक्रम घोषणा गरेको छ ।
आगामी फागुन २ गते आइतवार (१४ फेब्रुअरी २०१६) का लागि पाहुनाहरुलाई वेलकम ड्रिङ्कसका साथमा हनिमुन विशेष रुपमा सजिएको डिलक्स रुममा चकलेट र फ्रुट बास्केट, केक र वाइन कोठैमा व्यवस्था गरिनेछ । साथै साँझ जोडीहरुले लाईभ व्यान्डका साथ क्याडल डिनरको आनन्द लिन सक्ने बताईएको छ ।
बिहानको बुफेट ब्रेकफाष्ट यसका साथै निःशुल्क जाकुजी र सुईमिङ्ग गर्न सक्नेछन् भने बार र मसाजमा विशेष छुटको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकाभन्दा केही पर ७२०० फिट बादलमाथिको गाउँमा रमाउने जोडीहरुको चाहना पुरा गर्न क्लब हिमालयले यो कार्यक्रम घोषणा गरेको हो ।
क्लब हिमालयका डाईरेक्टर परमिता शाक्यले भ्यालेन्टाईन विशेष प्याकेजमा रमाउन, आनन्दित हुन र त्यसलाई यादगार बनाउन चाहने समस्त जोडीहरुलाई स्वागत गर्न आतुर रहेको प्रेस विज्ञप्तिमार्फत उल्लेख छ ।
प्रकाशित: २७ माघ २०७२, बुधबार