टेस्लाको नेभादामा रहेको कम्पनीका सबै कर्मचारीले मास्क लगाउनै पर्ने

  • Technology Khabar | २५ श्रावण २०७८, सोमबार
टेस्लाको नेभादामा रहेको कम्पनीका सबै कर्मचारीले मास्क लगाउनै पर्ने

काठमाडौं ।

अमेरिकाको नेभाडा राज्यको रेनोमा रहेको टेस्ला कम्पनीका सबै कर्मचारीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ।

वाल स्ट्रीट जर्नलका अनुसार ती कर्मचारीले आजदेखि कार्यालयभित्र रहँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको हो।

उक्त प्लान्टले यसअघि सबै खोप नलगाएका सबै कामदारले कार्यालयभित्र अनिवार्य मास्क लगाउनुपर्ने नियम लगाएकोमा अब खोप लगाएकाहरुले पनि सोही नियम कडाइका साथ पालना गर्नुपर्ने भएको हो।

जोन हप्किन्स कोरोना भाइरस रिसोर्स सेन्टर नेभादामा गत महिना २६ हजार नयाँ कोरोना संक्रमित तथा २९८ जनाको मृत्यु भएको आँकडँ दर्ता गरिएको थियो।

उक्त सेन्टरले राज्यका ४७ प्रतिशत जनताले कोरोनाविरुद्धको खोप लगाइसकेको अनुमान गरेको छ।

गत वर्ष कोरोना महामारी शुरु हुँदा टेस्लाका सीईओ इलन मस्कले क्यालिफोर्निया सरकारले लगाएको घरमै बस्नु पर्ने नियमको विरोध गरेका थिए। पछि सन् २०२० को मार्चमा क्यालिफोर्नियमा रहेको फ्यासिलिटी अस्थायी रुपमा बन्द गर्न कम्पनी राजी भएको थियो।

तर पछि आफैं निर्णय अटेर गरेर फ्याक्ट्री खोल्ने, राज्यको निर्णयविरुद्ध अदालत जाने र क्यालिफोर्नियाबाट प्लान्ट नै हटाउने चेतावनी दिनेसम्ममा पुगेका थिए।

गत नोभेम्बरमा उनले आफूलाई कोभिडको हल्का लक्षण देखिएको भन्दै ट्वीट गरेका थिए। केही दिन अघि अगस्ट ३ तारिखमा क्यालिफोर्निया सरकारले मास्कको नियम अपडेट गर्यो जस अनुसार २ वर्षमाथिका सबैले भित्र बस्दा मास्क लगाउनै पर्ने भएको छ।

प्रकाशित: २५ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार