विच्याटमा रहेको युथ मोडलाई लिएर चीनमा टेन्सेन्टविरुद्ध मुद्दा

  • Technology Khabar | २५ श्रावण २०७८, सोमबार
विच्याटमा रहेको युथ मोडलाई लिएर चीनमा टेन्सेन्टविरुद्ध मुद्दा

काठमाडौं ।

बेइजिङका सरकारी अधिकारीले विच्याटमा रहेको युथ मोड नाबालिग हरुको सुरक्षासम्बन्धी कानूकको विरुद्ध भएको भन्दै टेन्सेन्टमाथि मुद्दा दायर गर्ने भएका छन्।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युथ मोडम विच्याट चलाउँदा कम उमेरका यूजरले मोबाइल भुक्तानी सेवा तथा केही निश्चित गेमहरु एक्सेस गर्न सक्दैनन्।

रोयटर्सका अनुसार उजुरीमा उक्त एपले कसरी कानून उल्लंघन गर्यो भन्ने नखुलाइएको तर यो उजुरी सरकारसम्बद्ध समाचार संस्थाले अनलाइन गेमलाई इलेक्ट्रोनिक ड्रग तथा आध्यात्मिक अफीम नाम दिएको केही दिनमा दर्ता गरिएको हो।

उक्त लेख पछि अपडेट गरेको र भाषा पनि केही नरम बनाइएको थियो। वालस्ट्रीट जर्नलका अनुसार उक्त लेखपछि टेन्सेन्टको शेयर मूल्यमा १० प्रतिशत गिरावट आएको थियो।

टेन्सेन्टले उक्त मुद्दाका बारेमा तत्काल केही प्रतिक्रिया दिएको छैन तर गत हप्ता उसले आफ्नो अनर किङ्स गेममा भने १८ वर्षमुनिका यूजरका लागि खेल्न पाउने समयको सीमा तोकेको थियो।

उक्त मुद्दा चीनले केही समयअघि अलिबाबा साइटलाई प्रतिस्पर्धाविरोधी गतिविधि गरेको आरोपमा तथा राइड हेलिङ एप डीडी चुसिङको विरुद्ध यूजरको व्यक्तिगत विवरण संकलन गरेको आरोपमा लगाइएको प्रकृतिकै रहेको बुझिएको छ।

प्रकाशित: २५ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार