
काठमाडौं ।
सरकारले न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपराह्न सिंहदरबारमा आयोजित एक कार्यक्रममा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
साझा निती तथा कार्यक्रममार्फत सरकारले डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन सूचना तथा सञ्चार क्षेत्रलाई विकास र बिस्तार गर्न ठोस नीति तथा कार्यक्रम तय गर्ने भएको छ ।
जसमा जनताको सूचनाको हकको ग्यारेन्टी गर्ने, पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत गर्ने र गोपनियताको हकको सुनिश्चित गर्ने उल्लेख छ ।
सरकारले आगामी दिनमा आफूले चाल्ने कदमको बारेमा उल्लेख गरिएको सो साझा निती तथा कार्यक्रममार्फत सरकारले भूकम्प, बाढी पहिरो, डुवान, भूक्षय तथा आगलागी जस्ता विपदबाट हुने जनधनको जोक्सानी कम गर्नका लागि डिजिटल प्रविधिको समेत प्रयोग गरि पूर्व सर्तकता प्रणाली विकास गर्ने भएको छ।
त्यसैगरि सरकारले विज्ञान तथा प्रविधिको विकासलाई समेत ध्यान दिने उल्लेख छ। जसअनुसार आधुनिक प्रविधिसँग देश विकास प्रकृयालाई आबद्ध गर्ने । मुलुकको सामाजिक रुपान्तरण र आधुनिकीकरणका लागि विज्ञान प्रविधिको अधिकतम उपयोग गर्ने । मानव जीवन सहज र उत्पादनमुखी बनाउन विद्यालयदेखि विश्वविद्यालयसम्म विज्ञान र प्रविधिको अध्ययन, अनुसन्धान र शिक्षालाई उच्च प्राथमिकता दिने रहेका छन् ।
सरकारले सार्वजनिक गरेको साझा निती तथा कार्यक्रममार्फत नै आगामी दिनमा आफ्ना योजनाहरु तयार पार्ने जनाएको छ।
हेर्नुस् पूर्ण पाठ-
संयुक्त-सरकारकोप्रकाशित: २४ श्रावण २०७८, आईतवार