कोभिड-१९ महामारीका कारण भारतमा हुने एप्पल स्टोर अनावरण कार्यक्रममा ढिलाइ

  • Technology Khabar | २४ श्रावण २०७८, आईतवार
कोभिड-१९ महामारीका कारण भारतमा हुने एप्पल स्टोर अनावरण कार्यक्रममा ढिलाइ

काठमाडौं ।

एप्पलले भारतमा आफ्नो अफलाइन स्टोर शुरु गर्ने मिति कोरोना महामारीका कारण पछाडि सारेको छ।

यो ढिलाइ कहिलेसम्म लम्बिने भन्ने कुराको आधिकारिक जानकारी नदिइ कम्पनीले शुक्रबार सञ्चारमाध्यम ग्याजेट्स ३६० लाई आफूहरुले अफलाइन स्टोर शुरुवात गर्ने मिति पर सारेको बताएको थियो। यसका बारेमा द इन्डियन एक्सप्रेसले पहिलोपटक समाचार लेखेको थियो।

कम्पनीले आफ्नो खुद्रा स्टोर भारतमा राख्न धेरै अघिदेखि जोड गरिरहेको छ।

गत सेप्टेम्बरमा कम्पनीले भारतमा खुद्रा व्यापारका लागि अनलाइन स्टोर खोलेको थियो। अफलाइन स्टोर शुरु गरेर यसअघि नै आईफोन, आईप्याड लगायतका डिभाइस बिक्री गर्ने अमेजन तथा फ्लिपकार्टजस्ता अनलाइन कम्पनीको भन्दा फरक धारमा उभिन खोजेको बुझिएको छ।

कम्पनीका सीईओ टिम कूकले सन् २०२१ को शुरुवातमा भारतमा पहिलो भोतिक एप्पल स्टोर खुल्ने गत वर्ष घोषणा गरेका थिए।

गत फेब्रुअरीमा कम्पनीका सीईओ कूकले भारतमा खुद्रा स्टोर खोल्ने बताउँदै भनेका थिए, ‘हामी हाम्रा लागि हाम्रो ब्रान्ड अरु कसैले चलाओस् भन्ने म चाहन्न।’ उनले कम्पनीको वार्षिक बैठकमा शेयरधनीहरुको प्रश्न्को जवाफमा यस्तो बताएका थिए।

हाल कम्पनीले भारतमा रिटेल नेटवर्क फ्रेन्चाइज अन्तर्गत आउने वितरकहरुमार्फत् आफ्ना उत्पादनहरु बिक्री गर्दै आएको छ। भाैतिक स्टोर राखेर यो व्यापार अझ कसिलो हिसाबले अघि बढाउने कम्पनीको योजना रहेको बुझिएको छ।

प्रकाशित: २४ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार