सबै मन्त्रालयका मन्त्री र सचिवको गुप्त कोठामा सिसीटिभी क्यामरा राख्न सांसद देवकोटाको माग

  • Technology Khabar | २४ श्रावण २०७८, आईतवार
सबै मन्त्रालयका मन्त्री र सचिवको गुप्त कोठामा सिसीटिभी क्यामरा राख्न सांसद देवकोटाको माग

काठमाडौं ।

राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले सबै मन्त्रालयका मन्त्री र सचिवको गुप्त कोठाहरुमा सिसीटिभी क्यामरा राख्न माग गरेका छन्।

राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै सदस्य डा. देवकोटाले त्यस्ता कोठाहरुमा गरिने काम कारबाहीको सीसीटिभी क्यामराको भिडियोहरु सर्वसाधारणले देखिने गरी राख्न माग गरेका छन्।

“एउटा काम यो सरकारले गरोस् गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन् शासकहरु पारदर्शि भएनन् । उक्त कोठाको अनुहार जनताले हेर्न पाउनुपर्छ,” उनले भने, “पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागजहरू मिलाएर राति दुई बजे संसद विघटन गर्ने हिम्मत गर्ने थिएन ।”

उनले यसो गरेमा अनावश्यक भेटघाट बन्द हुने, कार्यालय छोडेर एनजीओ, आईएनजीओको कार्यक्रममा जाने बानीमा सुधार ल्याउने दाबी गरे ।

त्यसैगरि देवकोटाले सिसीटिभी क्यामराको फाइदाको बारेमा समेत बैठकमा उल्लेख गरेका थिए। उनले यो विधिलाई स‌ंघिय देखि स्थानिय तहसम्म लागू गर्न समेत माग गरे ।

प्रकाशित: २४ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार